FLASH NEWS
  • Loading...

सीमा फेरबदल लोकतन्त्रकै उपहास भएको ओलीको भनाई

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५८ पटक पढिएको
Post Thumbnail


काठमाडौं–एमाले अध्यक्ष केपी ओलीले स्थानीय चुनाव भइरहँदा सीमा परिवर्तन गर्न खोज्नु लोकतन्त्रको उपहास भएको बताएका छन् । बुधबार मदन भण्डारी फाउन्डेसनले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ६६औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले सीमा फेरबदल र मत च्यात्ने कार्यले लोकतन्त्रको सुदृढीकरणमा बल नपुग्ने बताए ।
जनादेशको सम्मानका लागि निष्पक्ष चुनाव हुनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले जननेता भण्डारीद्वारा प्रतिपादित जनताको ‘बहुदलीय जनवाद’ मा स्थानीय सरकार स्वायत्त र सुशासनयुक्त भएमा मात्र जनताको आर्थिक–सामाजिक रुपान्तरण हुनसक्ने विचार समेटिएको बताएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका डा.रामशरण महतले भण्डारीको दूरदर्शीताको सराहना गर्दै स्थानीय तहलाई जति धेरै अधिकार प्रत्यायोजन गर्न सकिन्छ त्यति धेरै जनता सबल हुनेछन् बताएका छन् ।
त्यस्तै, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्वायत्त स्थानीय तथा प्रदेशका संरचना सामाजिक न्याययुक्त समृद्ध नेपाल निर्माणको आधार भएको बताए ।
संघीय समाजवादी फोरमका प्रमुख सचेतक डा.शिवजी यादवले शक्ति केन्द्रका रुपमा जनतालाई स्थापित गर्न देशमा निर्वाचनको खाँचो रहेको बताएका छन् ।
मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का नेता जितेन्द्र देवले मधेसमा रहेका समस्यालाई हल गर्न एमालेका नेता भण्डारीले गठन गरेको कार्यदलमा आफू सदस्य भई काम गरेको स्मरण गर्दै मुलुकमा विकास र समृद्धि ल्याएर मात्र जननेता भण्डारीको सम्मान गर्न सकिने विचार व्यक्त गरेका छन् ।
फाउन्डेसनले धुर्मुस–सुन्तली फाउन्डेसनका संस्थापकद्वय सीताराम कट्टेल र कुन्जना घिमिरेलाई यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । यो पुरस्कारको राशि एक लाख रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित