FLASH NEWS
  • Loading...

आजदेखि शेयर कारोबार सुचारु हुने

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५१ पटक पढिएको
Post Thumbnail


काठमाडौं– सेयर ब्रोकर र अर्थमन्त्रालय बिच सहमती भएको छ । सरकारले मूल्य अभिवृद्धि कर(भ्याट) मुद्दा संवोधन गर्ने आश्वासन पछि ब्रोकरले आज (आइतबार) देखि शेयर कारोबार सुचारु गर्ने भएका छन् ।
राजस्व सचिव शिशिर ढुंगानाले विगतको भ्याटको समस्या मोडालिटी बनाएर सल्टाउने र अबदेखि भ्याटको दायरामा आउने गरि दिएको विकल्पमा ब्रोकर सहमत भएपछि कारोबार सुचारु हुने भएको हो ।
नेपाल स्टक ब्रोकर एशोसिएसनको शनिबार बसेको आकस्मिक बैठकले आइतबारदेखि शेयर कारोबार गर्ने निर्णय भएको हो । एशोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले सरकारले भ्याटको मुद्दा संबोधन गर्ने सहमति गरेकाले आइतबारदेखि शेयर कारोबार सुचारु गर्ने निर्णय भएको बताए ।
‘सरकारले हाम्रो मुद्दा संबोधन गर्ने भएपछि हामीले आइतबारदेखि शेयर कारोबार सुचारु गर्ने निर्णय गरेका छौं ।तर हामीले सरकारले कसरी संवोधन गर्छ भन्ने हेर्न बा“की छ ’ उनल भने, त्यसैले हामीले शेयर बजारको संवेदनशीलतालाई हेरेर कारोबार सुचारु गर्ने तर अरु दबाबका कार्यक्रमलाई निरन्तर दिने निर्णय गरेका छौं ।’ अर्थमन्त्रालयले शुक्रबार दिएको दुई विकल्पमा शनिबार विहान साढे ८ बजेदेखि दुई घण्टा ब्रोकरबीच छलफल भएको थियो ।
महालेखा परीक्षकको कार्यालयले ब्रोकर कमिसनमा भ्याट नलगाइएको भन्दै अर्थमन्त्रालयलाई बेरुजु लेखेपछि आन्तरिक राजस्व विभागले शेयर ब्रोकरहरुको कमिसनमा धमाधम भ्याट मूल्यांकन गर्न थालेको थियो । ब्रोकरले यसको विरोधमा विहिबार कारोबार ठप्प पारेका थिए ।
ब्रोकर नम्बर ५२ र ५३ लाई भ्याट भुक्तानी गर्न पत्रै काटेपछि ब्रोकरहरुले बिहीबार शेयरको दोस्रो बजार ठप्प पारेका थिए। बजार ठप्प भएपछि नियामक निकाय धितोपत्र बोर्ड छलफल गर्न अर्थमन्त्रालय पुगेको थियो ।
ब्रोकर कमिसनमा भ्याट लाग्ने चर्चा चल्दै गर्दा बोर्डले यसमा कर लगाउन नहुने सुझाव अर्थमन्त्रालयलाई दिएको थियो । बजेटका लागि सुझाव पठाउ“दा पनि बोर्डले भ्याटको बिषयमा चर्चा गरेको थियो । निर्वाचन आचारसंहिताका कारण सरकारले आगामी आर्थिक बर्षको बजेटमा करको दर तथा दायराहरु हेरफेर गरेको थिएन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित