FLASH NEWS
  • Loading...

गोलाप्रथाबाट मेनका गाउँपालिका अध्यक्षमा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६० पटक पढिएको
Post Thumbnail


काठमाडौं–नेकपा एमालेकी मेनका काफ्ले गोला प्रथाबाट गाउँपालिकामा अध्यक्षमा विजयी भएकी छन् ।

झापाको कमल गाउँपालिकामा एमालेकी उम्मेदवार मेनका काफ्ले र नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईको बराबर मत ८२७५ आएपछि गोला प्रथा गरिएको थियो । गोलाप्रथाबाट काफ्लेले विजयी भएकी हुन् ।

एमालेले पुनः मतगणना माग गरेको थियो । तर, निर्वाचन आयोगले सबै प्रक्रिया पूरा गरेर गणना गरिएकाले गोला प्रथाबाट बिजेता घोषणा गर्ने निर्णय सुनायो । गोला गर्दा कागजमा विजयी र पराजित लेखिएको थियो । शुरुमा चिठ्ठा तान्ने अवसर वर्णानुक्रममा आधारमा मेनकाले नै पाइन् । उनले तानेको चिट्टामा बिजयी लेखिएको थियो । यससँगै मेनका काफ्ले प्रदेश नम्बर १ मा प्रमुख जित्ने पहिलो महिला हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित