FLASH NEWS
  • Loading...

धरानमा एमालेको अग्रता कायमै

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६५ पटक पढिएको
धरानमा एमालेको अग्रता कायमै

इटहरी, २४ असार । धरान उपमहानगरको पछिल्लो मतगणनाको नतिजाअनुसार नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार तारा सुब्बाले १२ हजार २७३ तथा उपप्रमुखमा मञ्जु भण्डारीले १२ हजार ३३४ मत ल्याई अग्रता कायम गरिरहनुभएको छ । 

मतगणनाको नतिजाअनुसार नेपाली काँग्रेसका तिलक राईले १० हजार ३९४ तथा उपप्रमुखमा श्यामा रेग्मीले नौ हजार ९७२ मत ल्याएर एमालेलाई पच्छ्याई रहनुभएको छ । धरान उपमहानगरका २० वटामध्ये ११, १५, १७, १८, १९ र २० नम्बर वडाको मतगणना हुन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित