FLASH NEWS
  • Loading...

कुनै हालतमा संशोधन हुदैन ः अध्यक्ष ओली

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५० पटक पढिएको
Post Thumbnail


बिराटनगर– नेकपा एमालेका अध्यक्ष केपी ओलीले कुनै पनि हालतमा संविधान संशोधन प्रस्ताव पास हुन नदिने बताएका छन् ।
शनिबार आङ्खनो गृहनगर झापाको दमकमा आयोजित विजय उत्सवमा सहभागी हुन जाने क्रममा विराटनगर विमानस्थलमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले सत्तापक्षले देशका विरुद्ध संशोधन ल्याएकाले संविधान संशोधनको प्रस्ताव एमालेलाई मान्य नहुने बताएका छन् । संविधान संशोधनमा सहमति जुटाउन प्रधानमन्त्री देउवाले सक्रियता बढाइरहेका बेला प्रतिपक्ष पार्टीका अध्यक्ष ओलीको यस्तो भनाइ बाहिर आएको हो ।
उनले प्रतिपक्षसँग सल्लाहसमेत नगरी सत्तापक्षले जबरजस्ती संशोधन अघि बढाए त्यसको प्रतिरोध गर्ने चेतावनी दिएका छन् । स्थानीय तहको चुनाव सम्पन्न नभएसम्म संविधान संशोधनको प्रस्ताव अगाडि नबढाउने कवुल गरेको स्मरण गर्दै अध्यक्ष ओलीले भने, ‘सत्ता पक्षले हामीसँग प्रदेश २ को स्थानीय तह निर्वाचन सकेपछि मात्रै संशोधन प्रस्ताव ल्याउने सहमति गरेर यसलाई तत्कालै अघि बढाउने तयारी गरेको छ, यो हाम्रो पार्टीका लागि मान्य हुदैन ।’
अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव फिर्ता गरेर सुरुदेखि नै यसबारे छलफल गर्नुपर्ने बताएका छन् । ओलीले संविधान संशोधनको नयाँ प्रस्तावबारे छलफल गर्न एमाले तयार रहेकोसमेत प्रष्ट पारे ।
अध्यक्ष ओलीले २ नम्वर प्रदेशको चुनाव तेस्रो चरणमा गर्न मिति सार्ने काममा सत्तापक्षले राष्ट्रिय जनता पार्टीलाई उपयोग गरेको आरोप लगाएका छन् । उनले कांग्रेसले दुई नम्बर प्रदेशमा चुनाव हार्ने डरले राजपालाई अघि सारेर चुनाव हुन नदिएको बताए ।
उनले दुई नम्वर प्रदेशमा हुने स्थानीय तहको तेस्रो चरणको चुनावमा पनि एमालेले ५० प्रतिशत भोट ल्याउने दाबी गरेका छन् । उनले भने, ‘दुई नम्बर प्रदेशका जनता अहिले पनि एमालेका पक्षमा छन् ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित