FLASH NEWS
  • Loading...

संविधान संशोधनको विकल्प नभएको अध्यक्ष यादव भनाई

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४७ पटक पढिएको
Post Thumbnail


काठमाडौं–संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको समस्या समाधानका लागि संविधान संशोधनको विकल्प नभएको बताएका छन् ।
राजधानीमा आयोजित एक साक्षात्कारमा उनले समस्या समाधान हुनेगरी संविधान संशोधन हुनुपर्ने जिकिर गरे । संसद्मा प्रस्तुत विधेयक पारित भए पनि नभए पनि समस्याचाहिँ समाधान हुनुपर्ने उनको तर्क थियो । उनले भने, ‘समस्या राज्य पुनःसंरचनाको प्रदेश सीमांकनसँग जोडिएको छ, यसको सम्बोधन हुनुपर्छ ।‘
उनले विधेयकले समस्याको पूर्ण समाधान नगरे पनि ‘ट्र्याक’ खोल्नसक्ने हुनाले संविधान संशोधन अनिवार्य भएको बताए ।
अध्यक्ष यादवले आफ्नो पार्टी संसद्मा विचाराधीन रहेको संविधान संशोधन विधेयकको पक्षमा नै मतदान गर्ने स्पष्ट पार्दै उक्त प्रस्ताव अझै अपूरो, अधूरो र अदूरदर्शी रहेकाले परिमार्जनसहित पारित गराउनुपर्नेमा जोड दिए ।
उनले अहिले आफ्नो पार्टी सरकारमा जाने हतारमा नरहेको उल्लेख गर्दै उनले भने, ‘जुन दिन हामी सरकारमा जाने आवश्यकता हुन्छ, त्यही दिन जान्छौँ, अहिले यसबारेमा सोचेका छैनौँ ।”
निर्वाचनलाई राष्ट्रिय जनता पार्टीले विरोध गर्नु गलत भएको र निर्वाचनमा जनताको उत्साहवद्र्धक सहभागिताले राष्ट्रिय एकता थप बलियो भएको अध्यक्ष यादवले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित