FLASH NEWS
  • Loading...

‘जसले जिते पनि काम माओवादी एजेण्डाअनुसार’

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५९ पटक पढिएको
Post Thumbnail


काठमाडौं–नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा(एमाले)लगायत जुनसुकै दल र उम्मेदवारले जिते पनि एजेण्डा भने माओवादीकै हुने बताएका छन् ।
अध्यक्ष दाहाल निवास लाजिम्पाटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने, ‘हामीले निर्वाचनमा अपेक्षाअनुसार विजय हासिल गर्न नसके पनि माओवादी विचार, राजनीति र एजेण्डाले जितेको छ । मुलुकले जितेको छ, यसैमा म खुसी छु ।”

 

स्थानीय तहको निर्वाचनमा जुन दलले जिते पनि काम भने माओवादी एजेण्डाअनुसार नै गर्नुपर्ने भएकाले स्थानीय तहमा जनताका पक्षमा काम गराउने वातावरण बनाउन पार्टीका नेता तथा कार्यकर्तालाई उनले निर्देशन दिए ।
ढिलो वा चाँडो सबै माओवादीहरु एक ठाउँ आएर देशको नेतृत्व लिनुपर्ने बताउँदै नेता दाहालले भन्नुभयो, ‘सबै माओवादी घर फर्किनुको विकल्प छैन । बाबुरामजी पनि छिट्टै फर्कनुपर्छ, सबै नेता फर्केपछि एक्लै फर्कनुको अर्थ पनि रहँदैन । सबै माओवादी मिलेर मात्रै परिवर्तनलाई संस्थागत गर्न सकिन्छ ।”
सो अवसरमा पूर्वसभासद एवं नयाँ शक्ति नेपालका नेता शिवचन्द्र कुशवाहासहितका करिब ५० नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रमा प्रवेश गर्ने अन्य नेतामा नेकपा (एमाले) का रौतहट जिल्ला समिति सदस्य एवम् पूर्वगाविस अध्यक्ष गौरीशंकर जयसवाल, नेकपाका रौतहट सचिव नन्दलाल ठाकुरलगायत छन् ।
सो कार्यक्रममा नयाँ शक्तिका केन्द्रीय नेता तथा पूर्वसभासद् कुशवाहाले माक्र्सवादी विचार, क्रान्तिकारी सिद्धान्त र जनताप्रतिको जिम्मेवारी भुल्न नसकेर आफू माओवादी केन्द्रमा फर्किएको बताए । एमाले जिल्ला समिति सदस्य जयसवालले एमालेमा फरक मत, विचार, आस्था र भावनाको सम्मान हुने परिस्थिति नरहेको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित