FLASH NEWS
  • Loading...

नारायणगढ—मुग्लिन सडकमा दैनिक हजारौं गाडी जाममा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५४ पटक पढिएको
Post Thumbnail


चितवन—नारायणगढ–मुग्लिन सडकखण्डमा राती बन्द हुदा सवारी जामले यात्रु सास्तीमा पर्नुको साथै टा«फिक जामले समस्या गरेको छ । पहिरोको जोखिमबाट जोगाउने उदेश्यले राती सो सडक खण्ड बन्द गरिएको हो ।
सवारी आवागमन रोकिँदा हरेक दिन हजारौं सवारी साधन बाटोमा रोकिदा यात्रुलाई सास्ती पर्नुको साथै सवारी साधन पनि समयमा ठाउ“मा पुग्न सकेको छैन । आइतबार १ हजार ४ सय सवारी साधन नारायणगढ–मुग्लिन सडकखण्डमा रोकिएका थिए ।
आइतबार मात्र नारायणगढतर्फ ६ सय र मुग्लिनतर्फ ८ सय सवारी साधन रोकिएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तकाअनुसार नारायणगढतर्फको दासढुंगाको बासखोला पुलमा यात्रुबाहक सवारी र मालबाहक ट्रकलाई जुगेडी चौकी अगाडि सा“झ ६ बजेबाट आवागमनमा रोक लगाइएको थियो । जसमा २ सय बस, ३ सय ट्रक र १ सय हलुका सवारीसाधन रोकिएको उनले बताए ।
ती सवारी साधनलाई बिहान ४ बजे छाडिएको थियो । त्यसैगरी मुग्लिनतर्फबाट आउने सवारीका लागि मुग्लिन, आ“बुखैरहनी र लेवरटारमा साँझ ७ बजे रोकिएको थियो । जसमा ३ सय बस, ४ सय ट्रक र १ सय हलुका सवारी साधन रोकिएको उनले बताए ।
बिहान ५ बजे मुग्लिनतर्फबाट बाटो खुल्ला गरिएको थियो । काठमाडौंबाट आएका यात्रुबाहक सवारीलाई मुग्लिनबजारमा र मालबाहक सवारीलाई लेवरटारमा रोकिएको थियो । पोखरातर्फबाट आएका सबैखालका सवारीलाई आँबुखैरहनीमा रोकिएको पन्तले बताए ।
सडक विस्तार भईरहेको उक्त सडकको निर्माण कार्य ५१ प्रतिशत मात्रै सम्पन्न भएको छ ।
यसअघि व्यवस्थापिका–संसद्को विकास समितिले असार ११ गते उक्त सडकखण्डको अनुगमन गरेको थियो । समितिले गृहमन्त्रालय, स्थानीय विकास मन्त्रालयलगायतका सरोकारवाला मन्त्रालयलाई उक्त सडकखण्डका बारेमा ११ बुँदे विशेष ध्यानाकर्षण गराएको थियो । ध्यानाकर्षणपछि गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले उक्त निर्णय कार्यान्वयन गराउँदै आइतबारबाट रातीको समयमा सवारी आवागमन रोकेको हो ।
दिउँसोको समयमा सहज यातायात सञ्चालन गर्न विशेष व्यवस्था गरिएको छ । उक्त सडकखण्डमा तीनवटा ¥यापिट रेस्पोन्स टिम (आरआरटी) को व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताए । सातजना ट्राफिकसहित ३२ जना प्रहरी थप गरी आरआरटीलाई प्रभावकारी बनाइएको उनले जानकारी दिए । तीनवटा आरआरटी टिममध्ये प्रत्येकमा दुईजना प्रहरी, दुईजना सशस्त्र, एक ट्राफिक र एकजना सेफ्टी इञ्जिनियर रहेको उनले जानकारी दिए ।
तीनवटा समूहले सात÷सात किलोमिटर क्षेत्रको अनुगमन गरिरहेका छन् । जसका कारण करिब तीन घन्टाको अवधिमा सवारीसाधनले सडक पार गरेको प्रहरीले जनाएको छ । दिउँसो १२ बजेसम्ममा राति रोकिएका सबै सवारीले सडक पार गरिसक्ने ट्राफिक प्रहरी प्रमुख पन्तले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित