FLASH NEWS
  • Loading...

शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५७ पटक पढिएको
Post Thumbnail


काठमाडौं—भ्रष्टाचारको आरोपमा थुनामा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
शर्माका श्रीमती कल्पना उप्रेती शर्माले विशेष अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतलाई विपक्षी बनाई मंगलबार दायर गरेको रिट निवदेनमा शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको हुदा थुनामुक्त गर्न माग गरिएको छ ।
रिट निवेदनमा राजश्व विभागका महानिर्देशकको कर दायरा घटाउने वा बढाउने विशेष अधिकार हुने र सोही अनुसार शर्माले काम गरेको हुदा थुनामा राख्ने कार्य गैरकानुनी भएको उल्लेख छ । राजश्व निर्धारणमा अनियमितता गरेको आरोपमा आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मालाई गत जेठ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी विशेष अदातलमा मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले पुर्पक्षका लागि उनलाई थुनामा राख्ने आदेश दिएको थियो । सो आदेशअनुसार शर्मालाई अहिले पनि थुनामा राखिएको छ । शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुदा पुजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको, कर फछ्र्यौट आयोगको सदस्य सचिवसमेत रहेका शर्माले २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेको लगायतका आरोप छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित