FLASH NEWS
  • Loading...

संविधान संशोधनपछि मात्र २ नम्बर प्रदेशको निर्वाचन गरिने ः उपप्रधानमन्त्री महरा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५० पटक पढिएको
Post Thumbnail


.दाङ—दाङको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा बन्न लागेको नयाँ भवनको उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले शिलान्यास गरेका छन् ।पचास शैय्याको सो भवन १६ करोड २२ लाख ९४ हजार ८४२ को लागतमा दुई वर्षभित्र निर्माण गर्ने गरी सम्झौता गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष शंकरसिंह थापाको अध्यक्षतामा भएको सो भवनको शिलान्यास भएको थियो । कार्यक्रममा उपप्रधानमन्त्री महराले उपक्षेत्रीय अस्पताललाई नमूनायोग्य बनाउन सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गरे ।
उपक्षेत्रीय अस्पतालको स्तर वृद्धि गरी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने प्रक्रिया जारी नै रहेको उनको भनाइ छ । अस्पताललाई प्रदेशको नमूना अस्पतालसँगै गुणस्तरीय बनाउन प्याकेजका कार्यक्रममा सरकारले सहयोग गर्दै स्थानीय तहको बजेटलाई समेत प्रयोग गर्नुपर्नेमा जोड दिए ।

स्वास्थ्य सचिव डा किरण रेग्मीले आधारभूत स्वास्थ्य सेवाका लागि बजेट व्यवस्थापन, अनुगमन, जनशक्ति र औषधिका लागि समस्या आउन नदिने धारणा व्यक्त गरे । उनले उपक्षेत्रीय अस्पतालले शनिबारदेखि सुरु गरेको मिर्गौलाको डाइलाइसिस सेवाको उद्घाटन गर्दै सरकारले मिर्गौलामा खराबी भएकाहरुको उपचारका लागि निःशुल्क उपचारलाई थप निरन्तरता दिनेसमेत जानकारी गराए ।
त्यस्तै शनिबार बिहान प्रेस सेन्टर दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधान तथा परराष्ट्रमन्त्री महराले संविधान संशोधनपछि मात्र २ नम्बर प्रदेशको निर्वाचन गरिने बताए ।
संविधान संशोधन गर्नका लागि नेकपा(एमाले)ले पनि साथ दिनुपर्ने धारणा राख्दै सबै दललाई सहमतिमा ल्याएर मात्र चुनाव गराउन लागी परेको बताए । उनले सबैलाई समेटनको लागी नै यसअघि सरकारले दुई नम्बर प्रदेशको चुनावको मिति सारेको स्पष्टसमेत पारे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित