FLASH NEWS
  • Loading...

शर्माको मुद्दा ‘हेर्दाहेर्दैमा’

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४८ पटक पढिएको
Post Thumbnail


काठमाडौं– आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको भ्रष्टाचारको आरोपमा पक्राउ परेका निलम्बित महानिर्देशक शर्मालाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको रिटमाथि सोमबार पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
न्यायाधीश चोलेन्द्रशमशेर राणा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले शर्माको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ भएको भए पनि नसकिएपछि अदालतले ‘हेर्दाहेर्दैमा’ राखी सुनुवाइका लागि मंगलबार तय गरेको अदालतले जनाएको छ ।
भ्रष्टाचारको आरोपमा अख्तियारले पक्राउ गरेका शर्मालाई गैरकानुनी थुनामा राखिएको भन्दै श्रीमती कल्पना शर्माले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । शुक्रबार सरकारी वकिलहरुले मुद्दामा बहस गरेका थिए ।
महान्यायाधीवक्ता रमन श्रेष्ठ र दुई जना सरकारी वकिल र अख्तियारका तर्फबाट द्रोणराज रेग्मीले सोमबार बहस गरेका थिए । यसअघि आइतबार शर्माको तर्फबाट अधिवक्ताहरु बद्रीबहादुर कार्की, शेरबहादुर केसी, भीमार्जुन आचार्यले बहसले गरेका थिए ।
बहस मंगलबार फेरि हुनेछ । शर्माविरुद्ध अख्तियारले लगेको भ्रष्टाचार मुद्दा विषेश अदालतमा दर्ता भइसकेको छ । उनलाई कर फछ्र्योट आयोगको सदस्य सचिव हुदा १० अर्ब २ करोड भ्रष्टाचार गरेको अभियोग अख्तियारले लगाएको छ । कर फछ्र्योट गर्दा अनियमितता गरेको आरोमा अख्तियारले उनलाई पक्राउ गरेर अनुसन्धानका लागि आङ्खनै हिरासतमा राखेको छ ।
पक्राउको १ महिनापछि उनीसंग ३ अर्ब रुपैँया धरौटी मागेको थियो । तर शर्माले धरौटी तिर्न नसकेपछि थुनामै छन् । यद्यपि सोमबार उनलाई बन्दीप्रत्यक्षीकरणको मुद्दाको सुनुवाईका क्रममा अदालतमा उपस्थित गराइएको थियो ।
शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि अहिले उनलाई थुनामा राखिएको छ । शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुदा पुजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको, कर फछ्र्योट आयोगको सदस्य सचिवसमेत रहेका शर्मामाथि २१ अर्ब रुपैयाँ बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लगाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित