FLASH NEWS
- Loading...
सिलवालको मुद्दा हेर्दाहेर्दैमा, साउन २६ मा सुनुवाइ
- गोल्डेन खबर
- ६ साल अघि
- ३३ पटक पढिएको

काठमाडौँ-साउन । प्रहरी महानिरीक्षक नियुक्तिको बिषयमा नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिटमाथिको सुनुवाइ आज नसकिएपछि सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासमा सुनुवाइ हुँदाहुँदै नसकिएपछि अर्को सुनुवाइ यही साउन २६ गतेका लागि तोकिएको छ । निवेदक सिलवालका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल, बाबुराम कुँवर, अधिवक्ता टीकाराम भट्टराई, हरि फुयाँल र ओमप्रकाश अर्यालले बहस गर्नुभएको थियो भने सरकारको तर्फबाट महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ, नायव महान्याधिवक्ता दुर्गाबन्दु पोखरेल, किरण पौडेल, सहन्यायाधिवक्ता संजीवराज रेग्मी, लोकराज पराजुली र रेवतीराज त्रिपाठीले बहस गर्नुभएको थियो । इजलासमा नै प्रहरी महानिरीक्षक प्रकाश अर्याल र प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दको चार वर्षको कार्यसम्पादन र मूल्यांकनको विधिविज्ञान जाँच गर्दाको प्रमाण पनि प्रस्तुत गरिएको थियो । यसअघि सिलवालको मुद्दा असार २२ गतेबाट आजका लागि तोकिएको थियो । प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सिलवालले गत चैत ३० गते रिट निवेदन दिनुभएको थियो । अदालतको उक्त निर्णयलाई कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको थियो । सो आदेशपछि सरकारले प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो । सिलवालले वरियता क्रममा आफू एक नम्बरमा रहेको र चार वर्षको कार्य सम्पादन एंव मूल्यांकनका आधारमा आफू अर्यालभन्दा अगाडि रहेको जिकिर गर्दै पुनःअदालतमा निवेदन दिनुभएको थियो । त्यसमा अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो
खुशी
अचम्म
उत्साहित
दुखी
आक्रोशित
प्रतिक्रिया दिनुहोस
गोल्डेन पब्लिकेशन नेटवर्क प्रा.लि.
मध्यपुर थिमी-५, भक्तपुर
न्युज डेस्क +९७७-९८४१९९४९१८
विज्ञापनको लागि +९७७-९८४१९९४९२४
कम्पनि दर्ता नम्बर:१२२४२९/७०/७१
प्रेस काउन्सिल दर्ता नं.: १३९४-०७३/०७४
सुचना बिभाग दर्ता नं.:२०३१/०७७-७८
वेबसाईट: goldenkhabar.com
हाम्रो टीम:
प्रकाशक : | गोल्डेन पब्लिकेशन |
प्रवन्ध निर्देशक : | .......... |
सम्पादक : | सुरेश ठाकुर |
सम्वाददाता : | पुनम हमाल |
ब्यबस्थापक : | .......... |
कानूनी सल्लाहकार : | अधिवक्ता मनिष कुमार श्रेष्ठ |
बजार ब्यबस्थापक : | सुजाता तोलाङ्गे |
साईट मेनु
© Estd 2016 Golden Khabar. | All rights reserved.
Designed by: GOJI Solution
नोट: स्रोतहरू खुलाइएका बाहेक गोल्डेन खबरमा प्रकाशित सम्पूर्ण गोल्डेन खबरका सम्पत्ति हुन् ।