FLASH NEWS
  • Loading...

पार्टीभित्रको गुट भ्रातृ संस्थामा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५६ पटक पढिएको
पार्टीभित्रको गुट भ्रातृ संस्थामा

काठमाडौँ-साउन । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रको गुट भ्रातृ संस्थामा देखा पर्दै गएको बताउनुभएको छ ।

नेपाल विद्यार्थी संघ कान्तिपुर सिटी कलेजले आयोजना गरेको कार्यक्रममा नेता सिंहले पार्टीभित्र देखिएको गुट भ्रातृ संस्थामा देखिएकाले भ्रातृ संस्थाले सोचेअनुसारको काम गर्न नसकेको बताउनुभएको हो । नेता सिंहले काँग्रेस लोकतन्त्रका लागि लडेको पार्टी भए पनि पार्टीभित्र एकदलीय संस्कार हावी हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । “पार्टीभित्र विचारभन्दा पनि व्यक्तिलाई मान्ने संस्कार मौलाउन थालेको छ,”–नेता सिंहले भन्नुभयो । उहाँले मुलुकको जल्दोबल्दो र राष्ट्रिय मुद्दालाई काँग्रेस जुन रुपमा प्रस्तुत हुन पर्ने हो त्यो हुन नसकेको बताउनुभयो । काँग्रेसले मुलुकको सबै समस्या समाधान गरोस् भन्ने इच्छा सबैमा भएको उहाँको भनाइ थियो । पूर्वउपप्रधानमन्त्री सिंहले तराईमा भएको डुबानका पीडितलाई उद्दार गरेर तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित