FLASH NEWS
  • Loading...

मिटरमा जान नमान्ने ट्याक्सीलाई कारबाही

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५१ पटक पढिएको
मिटरमा जान नमान्ने ट्याक्सीलाई कारबाही

काठमाडौँ-भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मिटरमा जान नमान्ने ३८ ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरेको छ ।

महाशाखाबाट सिभिलमा खटिएको टोलीले आइतबार यात्रुलाई गन्तव्यमा पु¥याउन नमान्ने, बढी भाडा लिई यात्रु बोक्ने साथै अनेक बहाना बनाइ यात्रुलाई सेवा दिन नमान्ने ट्याक्सीलाई कारबाही गरेको हो ।महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले यात्रुलाई बाटोमा अलपत्र बनाएर अनेक बहाना बनाएर सेवा दिन नमानेका ट्याक्सीलाई कारबाहीको दायरामा ल्याएको जानकारी दिनुभयो । महाशाखाले मिटर नजोडेका तीन, कागजपत्र नलिइ सवारी चलाएका दुई ट्याक्सीलाई थप कारबाहीका लागि नापतौल तथा गुणस्तर विभाग र यातायात विभाग पठाएको छ । महाशाखाले यस अगाडि प्रिन्टर मेसिन नजोडी यात्रुलाई ठगेको आरोपमा १५० भन्दा बढी ट्याक्सीलाई नियन्त्रणमा लिई कारबाही गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित