FLASH NEWS
- Loading...
लुक्ला विमानस्थल अवरुद्ध
- गोल्डेन खबर
- ७ साल अघि
- ७१ पटक पढिएको
सोलुखुम्बु- भदौ । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा गएको पाँच दिनदेखि उडान अवरुद्ध हुँदा पर्यटक समस्यामा परेका छन् ।
बाक्लो हुस्सु र वर्षाका कारण गएको बुधबारदेखि उडान अवरुद्ध भएको र शनिबार बिहान केही समय मौसम सफा हुँदा दुईवटा उडान भएको भए पनि त्यसपछि पुनः मौसम बिग्रिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख बच्चुनारायण श्रेष्ठले जानकारी दिनुभयो । आइतबार पनि मौसम खराबीका कारण कुनै पनि उडान हुन सकेन । आइतबार विभिन्न विमान कम्पनीले गरी १६ वटा उडान तालिका राखेका थिए । उडान अवरुद्ध हुँदा लुक्ला आउन लागेका पर्यटक काठमाडौँमा रोकिएका छन् भने खुम्बु भ्रमण गरेर फर्कन लागेका पर्यटक लुक्लामा रोकिएका छन् । पर्यटक आउने याम शुरुकै समयमा लामो समयसम्म विमानस्थल अवरुद्ध हुँदा व्यवसायी चिन्तित बनेका छन् । खुम्बुमा वर्षमा दुईपटक, मध्य भदौदेखि कात्तिक तथा मध्य फागुनदेखि जेठसम्म पर्यटक आउने गर्छन् । यस वर्ष भदौको पहिलो हप्ताबाट नै पर्यटकको आगमन बढेर उत्साहित बनेका व्यवसायी मध्य भदौमा नियमित मौसम बिग्रँदा चिन्तित बनेको लुक्लाका पेमदोर्जी शेर्पाले बताउनुभयो । अहिले खुम्बु भ्रमणका लागि वर्षेनी आउने करिब ३५ हजार पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी पर्यटक लुक्ला विमानस्थल प्रयोग गरेर आउने गरेका छन् । केही पर्यटक दोलखाको जिरी हुँदै पैदल मार्ग र केही पर्यटक सदरमुकाम सल्लेरीसम्म सडक मार्गबाट आएर त्यहाँबाट पैदल हिँड्ने गरेका छन् । तर पैदल मार्गमा विभिन्न समस्या हुने गरेका कारण धेरैको रोजाइ लुक्ला विमानस्थल नै हुने गरेको छ । बलियो विकल्प नभएका कारण पर्यटक आउने मुख्य मौसममा लुक्ला विमानस्थलले धेरैपटक धोका दिने गरेको छ । यदि लुक्ला विमानस्थलको विकल्प सडक नजिकमा भए पर्यटकलाई सहज हुने व्यवसायी जाङ्बु शेर्पा बताउनुहुन्छ । लुक्लाबाट सडक मार्ग भेट्न कम्तीमा तीन दिन हिँड्नुपर्छ । यही समस्या बारम्बार दोहोरिने गरेका कारण सल्लेरीदेखि लुक्लाभन्दा केही तल सुर्केसम्म सडक निर्माण काम शुरु भएको पाँच वर्ष बितिसक्दा पनि एक तिहाइ कामसमेत भएको छैन ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो
खुशी
अचम्म
उत्साहित
दुखी
आक्रोशित
प्रतिक्रिया दिनुहोस
गोल्डेन पब्लिकेशन नेटवर्क प्रा.लि.
मध्यपुर थिमी-५, भक्तपुर
न्युज डेस्क +९७७-९८४१९९४९१८
विज्ञापनको लागि +९७७-९८४१९९४९२४
कम्पनि दर्ता नम्बर:१२२४२९/७०/७१
प्रेस काउन्सिल दर्ता नं.: १३९४-०७३/०७४
सुचना बिभाग दर्ता नं.:२०३१/०७७-७८
वेबसाईट: goldenkhabar.com
हाम्रो टीम:
प्रकाशक : | गोल्डेन पब्लिकेशन |
प्रवन्ध निर्देशक : | .......... |
सम्पादक : | सुरेश ठाकुर |
सम्वाददाता : | बसन्त बहादुर भण्डारी |
ब्यबस्थापक : | .......... |
कानूनी सल्लाहकार : | अधिवक्ता मनिष कुमार श्रेष्ठ |
बजार ब्यबस्थापक : | ...... |
साईट मेनु
© Estd 2016 Golden Khabar. | All rights reserved.
Designed by: GOJI Solution
नोट: स्रोतहरू खुलाइएका बाहेक गोल्डेन खबरमा प्रकाशित सम्पूर्ण गोल्डेन खबरका सम्पत्ति हुन् ।