FLASH NEWS
- Loading...
महोत्तरीका २३२ मतदानस्थल संवेदनशील
- गोल्डेन खबर
- ७ साल अघि
- ७९ पटक पढिएको
महोत्तरी- भदौ । असोज २ गते हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा महोत्तरी जिल्लाका २३२ मतदानस्थल संवेदनशील रहेका छन् ।
जिल्लाका कूल २५८ मतदानस्थलमध्ये २३२ वटा मतदानस्थल संवेदनशील रहेका जिल्लाका सुरक्षा निकायले बताएका छन् । त्यसमध्ये पनि १३५ वटा मतदानस्थल अति संवेदनशील र ९७ वटा मतदानस्थल संवेदनशील रहेका छन् । महोत्तरी जिल्लाका केवल २६ वटा मतदानस्थल सामान्य रहेका छन् । जिल्लाको करिब ७० प्रतिशत भूभाग पश्चिम र दक्षिणमा भारतीय सीमासँग जोडिएको र बढीभन्दा बढी मतदानस्थल सोही सीमानाकासँग जोडिएको हुनाले २३२ वटा मतदानस्थल संवेदनशील रहेका छन् । भारतीय सीमासँग महोत्तरीका विभिन्न १३ वटा स्थानबाट नेपाल–भारत आउजाउ हुने गरेको छ भने बनको बाटो करिब ४० किमीसम्म खुल्ला नै रहेकाले यस जिल्लाका अधिकांश मतदानस्थल संवेदनशील रहेका छन् । सुरक्षा व्यवस्था कडा बनाइयो यसैबीच, आगामी असोज २ गते हुने स्थानीयतहको तेस्रो चरणका लागि महोत्तरीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रहरी उपरीक्षक कुबेर कडायतले पत्रकारसँग कुराकानी गर्दै जिल्लाका हरेक मतदानस्थलमा सुरक्षाको भरपुर व्यवस्था गरेको बताउनुभयो । यसअघिका मतदानमा म्यादी प्रहरीलाई खटाइए तापनि यसपटकको निर्वाचनमा नेपाल प्रहरीका दुई हजार ६०० प्रहरी जिल्लाभरिमा थप गरिएको कडायतले जानकारी दिनुभयो । भारतीय सीमासँग जोडिएका ठाउँमा रहेका मतदानस्थलमा हुन सक्ने आपराधिक गतिविधि र उच्छृङ्खल कार्य रोक्न विशेष सुरक्षा योजना अवलम्बन गरिएको हो । स्थानीय तहका २५८ मतदानस्थलमध्ये १३५ मतदान केन्द्र सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील रहेकाले सो क्षेत्रमा सामान्यभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने चुनावअगावै मोबाइल टोली परिचालन गर्नाका साथै रात्रि गस्तीसमेत बढाइएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो
खुशी
अचम्म
उत्साहित
दुखी
आक्रोशित
प्रतिक्रिया दिनुहोस
गोल्डेन पब्लिकेशन नेटवर्क प्रा.लि.
मध्यपुर थिमी-५, भक्तपुर
न्युज डेस्क +९७७-९८४१९९४९१८
विज्ञापनको लागि +९७७-९८४१९९४९२४
कम्पनि दर्ता नम्बर:१२२४२९/७०/७१
प्रेस काउन्सिल दर्ता नं.: १३९४-०७३/०७४
सुचना बिभाग दर्ता नं.:२०३१/०७७-७८
वेबसाईट: goldenkhabar.com
हाम्रो टीम:
प्रकाशक : | गोल्डेन पब्लिकेशन |
प्रवन्ध निर्देशक : | .......... |
सम्पादक : | सुरेश ठाकुर |
सम्वाददाता : | बसन्त बहादुर भण्डारी |
ब्यबस्थापक : | .......... |
कानूनी सल्लाहकार : | अधिवक्ता मनिष कुमार श्रेष्ठ |
बजार ब्यबस्थापक : | ...... |
साईट मेनु
© Estd 2016 Golden Khabar. | All rights reserved.
Designed by: GOJI Solution
नोट: स्रोतहरू खुलाइएका बाहेक गोल्डेन खबरमा प्रकाशित सम्पूर्ण गोल्डेन खबरका सम्पत्ति हुन् ।