FLASH NEWS
  • Loading...

राप्रपाको क्षेत्रीय सम्मेलन शुरु

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४८ पटक पढिएको
राप्रपाको क्षेत्रीय सम्मेलन शुरु

काठमाडौँ- भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनसेवालाई केन्द्रमा राखेर काम गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

प्रदेश नं ३ का स्थानीय तहका अध्यक्षहरुको क्षेत्रीय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले पार्टी विभाजनपछि संगठन सुदृढीकरणका लागि निष्ठावान् भई अगाडि बढ्न पनि कार्यकर्तालाई सुझाव दिनुभयो । देशमा सुशासन कायम गर्न निर्धारित समयमा प्रादेशिक र संसदीय निर्वाचन सम्पन्न गर्नुपर्ने उहाँको भनाइ थियो । शुक्रबारसम्म जारी रहने उक्त सम्मेलनमा प्रदेश नं ३ अन्तर्गतका गाउँ, नगर, महानगरका पार्टी अध्यक्ष, क्षेत्रीय समितिका अध्यक्ष, जिल्ला अध्यक्ष तथा भ्रातृ संगठनका अध्यक्ष गरी ३०० जनाको सहभागिता रहेको छ । भेलाले प्रदेश तथा संसदीय चुनावमा अधिकतम स्थान जित्न आवश्यक रणनीति तयार गर्ने बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित