FLASH NEWS
  • Loading...

५६ जना मन्त्री किन चाहियो

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६८ पटक पढिएको
५६ जना मन्त्री किन चाहियो

भक्तपुर-असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेर ५६ जना पु¥याएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

आज चाँगुनारायण नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले राज्यले थेग्नै नसक्ने गरी मन्त्रीको सङ्ख्या थपेको बताउनुृभयो । “यो गरिब देशमा ५६ जना मन्त्री किन चाहियो ?” ओलीले भन्नुभयो । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन भयो, यसो गर्नु भएन, निर्णय सच्याऊ भनिरहे पनि सरकारले नसुनेको टिप्पणी गर्नुभयो । चुनाव नगर्ने षडयन्त्रमा सरकार लागेको बताउँदै उहाँले दलबीच पहिला नै सहमति भएको विषयलाई प्रधानमन्त्रीले मतपत्रको बखेडा झिकेर चुनाव बिथोल्न खोजेको आरोप लगाउनुभयो । चुनाव नहुने षडयन्त्रलाई एमालेले कुनै हालतमा सफल हुन नदिने उहाँको भनाइ थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेकालाई अध्यक्ष ओलीले टीका, माला र खादा लगाएर स्वागत गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित