FLASH NEWS
  • Loading...

वाम गठबन्धनले देशलाई स्वाधीन बनाउँछ ः ओली

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६५ पटक पढिएको
वाम गठबन्धनले देशलाई स्वाधीन बनाउँछ ः ओली

काठमाडौँ- असोज (रासस) नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई विदेशीको गुलाम नभई स्वाधीन बनाउन वामपन्थीको गठनबन्धन भएको बताउनुभएको छ ।

 गैर आवासीय नेपाली संघ (एनआरएनए) र प्रवासी नेपाली मञ्च (ओएनएफ) का प्रतिनिधिसँग भेटघाट गर्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि भएको वाम तालमेलले विभिन्न शक्ति केन्द्रमा भूकम्प पैदा गरेको बताउँदै देशलाई स्वाधीन र समृद्ध बनाउन विदेशमा रहेका नेपालीको साथ पनि आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले आफ्नो पार्टी हिन्दमहासागर जस्तो भएको दाबी गर्दै भन्नुभयो, “सागरमा धमिलो पानी पनि हुन सक्छ, महासागरमा मिसिएपछि त्यो कञ्चन हुन्छ । शाखा नदीको धमिलो र फोहोरलाई महासागरले फिल्टर गरेर सफा बनाउँछ ।” भेटमा सहभागी एमालेका नेता माधवकुमार नेपालले वाम तालमेलले देशी विदेशी अतालिएको बताउनुभयो । “वाम गठबन्धन देशभित्र भएकाको मात्र हो”– नेपालले भन्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित