FLASH NEWS
- Loading...
नेपाल आयल निगमका कार्यकारी निर्देशक खड्का आपूर्ति मन्त्रालयमा, आजैबाट हाजिर
- गोल्डेन खबर
- ५ साल अघि
- ३ पटक पढिएको

काठमाडौं,१३ कार्तिक । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई आपूर्ति मन्त्रालयले मन्त्रालयमा तानेको छ । स्रोतका अनुसार उनलाई आजैबाट मन्त्रालयमा हाजिर हुने गरी तानिएको हो ।
अनियमितताका विभिन्न प्रकरणमा मुछिएका आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई असोज २ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले बर्खास्त गरेको थियो ।
मन्त्रिपरिषद्को बैठकले संसदीय समितिको सिफारिसमा भ्रष्टाचारमा मुछिएका खड्कालाई पदच्युत गरेको भए पनि आफूलाई अन्याय भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका खड्कालाई सर्वोच्चले असोज २२ गते अन्तरिम आदेश दिँदै पुनर्वाहाली गरेको थियो ।
प्रतिक्रिया दिनुहोस