FLASH NEWS
  • Loading...

गौरीफन्टा नाकालाई अन्तराष्ट्रिय स्तरको बनाउने प्रतिबद्धता

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६४ पटक पढिएको
गौरीफन्टा नाकालाई अन्तराष्ट्रिय स्तरको बनाउने प्रतिबद्धता

 कैलाली १४ कात्तिक। नेपाली कांग्रेस कैलाली क्षेत्र नं.५ बाट उम्मेदवार बनेकी पूर्व सभासद डा. आरजु राणा देउवा मंगलबार धनगढी पुगेकी छन् । चुनाव प्रचारका लागि धनगढी आएकी राणाले आर्थिक सम्बृद्धिले मात्रै ठाउँको विकास हुने भन्दै आफूले चुनाव जिते गौरीफन्टा नाकालाई अन्तराष्ट्रिय स्तरको नाका बनाउने प्रतिबद्धता जनाइन ।

राणाले यहाँको एयरपोर्टको समेत स्तरोन्नतीका लागि पहले गर्ने आश्वासन दिइन् । नदी कटान, मुक्त कमैयाहरुको बासस्थानको समस्याका लागि समेत दीर्घकालीन योजना बनाइ समस्याको हल गरिने भन्दै उनले आफूलाई विजयी बनाउन अपील गरिन् ।

दोस्रो संविधानसभाको चुनावमा प्रधानमन्त्री शेरबहादुर देउवा र पछि भएको उपचुनावमा नेपाली कांग्रेसकै पुष्करनाथ ओझा यो क्षेत्रबाट विजयी भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित