FLASH NEWS
  • Loading...

बाढीका कारण धानको उत्पादन ह्वात्तै घट्ने अनुमान, आर्थिक वृद्धिमै असर

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ११५ पटक पढिएको
बाढीका कारण धानको उत्पादन ह्वात्तै घट्ने अनुमान, आर्थिक वृद्धिमै असर

काठमाडौं,१४ कात्तिक । गत साउनमा बाढीले तराई तहसनहस भएको छ । बाढीका कारण यस वर्ष धानको उत्पादन ह्वात्तै घट्ने अनुमान गरिएको छ । यसरी भानको उत्पादन हवात्तै घटेमा आर्थिक वृद्धिमै असर पुग्ने अनुमानसमेत गर्नेको जमात पनि हवात्तै भएको छ ।

विभिन्न जिल्लाबाट वर्षे धान उत्पादन वृद्धिको प्रारम्भिक तथ्यांक आएपछि काठमाडौंका कृषि अधिकारी अन्ुसार यसै वर्ष धानले नयाँ रेकर्ड राख्ने अवस्था देखेपछि अच्चमित परेका छन् ।

गत वर्ष हालसम्मका सबै ‘रेकर्ड’ तोड्दै झण्डै पाँच अर्ब ३० करोड किलो ९५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष अझ बढेर करिब पाँच अर्ब ४० करोडदेखि पाँच अर्ब ५० करोडसम्म पुग्ने देखिएको छ । धान भित्र्याउँदासम्म असिना पानीले असर नगरे यस वर्ष धान उत्पादन बढ्ने निश्चित देखिएको कृषि विकास मन्त्रालयले जनाएको छ ।

यसरी बढ्दैछ उत्पादन

धेरै जिल्लाका किसान धान भित्र्याउने सुरसारमा छन् । जिल्ला कृषि विकास कार्यालयहरुबाट प्राप्त प्रारम्भिक विवरणअनुसार उत्पादन ५५ लाख मेट्रिक टनसम्म पुग्ने अवस्था देखिएको विभागका महानिर्देशक डिल्लीराम शर्माले बताए ।

‘बाढीले धान बालीलाई असर पारेकै हो । उनका अनुसार यस वर्ष रासायनिक मलको अभाव पनि भएन । गत वर्षभन्दा उत्पादनमा बढोत्तरी हुने भएपछि नयाँ रेकर्ड कायम हुने अवस्था आएको उनको भनाइ छ ।

आर्थिक वर्ष ०६८र६९ मा ५० लाख ७२ हजार मेट्रिक टन धान फलेको थियो । विभागका अनुसार आव ०७२र७३ मा ४२ लाख ९९ हजार र ०७१र७२ मा ४७ लाख ८८ हजार मेट्रिक टन धान फलेको थियो ।

कृषि विकास मन्त्रालयका सह(प्रवक्ता शंकरप्रसाद सापकोटा नेपालमा प्रतिहेक्टर धान उत्पादन बढ्दै गएका कारण पनि यस वर्ष इतिहासमै सबैभन्दा बढी धान भित्र्याउन पाइने अपेक्षा छ ।

‘चीनले एक हेक्टरमा नौ मेट्रिक टन धान फलाउँछ । हामी तीन दशमलव ३७ मेट्रिक टन मात्रै फलाउँदै छौं । त्यसैले यो दर वृद्धि होस् भनेर हामीले उत्पादकत्व बढाउन विभिन्न कुरामा ध्यान दिएका छौं,’ सापकोटाले भने, ‘सही समय मलको व्यवस्थापन, जमिनको तयारीमा कृषकलाई सचेतना, यान्त्रिकीकरण, बीउबिजनको सहज उपलब्धतालगायत कारणले पनि यसमा सघाएको हो ।’

तराईमा बाढीले खेत डुबाए पनि बालीमा ठूलो असर नगरेका कारण उत्पादन वृद्धिको आँकडालाई सम्भव तुल्याएको सापकोटाले बताए ।नेपालमा उत्पादन भएको धानले माग नधान्ने भएपछि वर्षमा २५ अर्बभन्दा बढीको चामल आयात हुन्छ । विशेषगरी महँगा र बास्नादार चामल विदेशबाट ल्याउने गरिएको छ ।कृषि विभागका अनुसार यस वर्ष गत आवभन्दा झण्डै डेढ सय हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको थियो । गत वर्ष करिब १४ लाख हेक्टरमा रोपाइँ भएको थियो ।

यस्तै, पहाडी जिल्लामा हुने धान खेतीमा पनि यस वर्ष ठूलो समस्या देखिएको छैन । अनुकुल मौसमले रोग किराको प्रकोप कम हुँदा र सिँचाइमा समस्या नहुँदा उत्पादन बढ्न सहयोग पुगेको अधिकारीहरुको भनाइ छ ।

कुल गार्हस्थ उत्पादन जीडीपी मा कृषि क्षेत्रको योदान ३३ प्रतिशत रहन्छ । जीडीपीमा झण्डै ६ खर्बको हिस्सा लिने कृषिमा पनि धानको योगदान २० प्रतिशतभन्दा बढी छ । नेपालको प्रमुख बाली भएकाले खाद्यान्न उत्पादनमा यसको आधा योगदान छ ।

हरेक वर्ष धानको प्रतिहेक्टर उत्पादन पनि बढ्दै गएकाले सरकारी अधिकारीहरु उत्साहित छन् । तर, खेत मासेर बढिरहेको शहरीकरण र प्लटिङको समस्याले धान उत्पादनलाई अपेक्षाअनुरुप वृद्धि हुन दिएको छैन ।

पीडित किसानलाई सवा खर्बको प्याकेज

यसैबीच, सरकारले बाढी प्रभावित ३० जिल्लाका कृषकलाई एक अर्ब २५ करोडको राहत प्याकेज घोषणा गरेको छ । धानबाली, माछा पोखरीलगायतमा क्षति भएका कृषकका लागि सरकारले निःशुल्क बीउबिजन दिने, भकारीहरु उपलब्ध गराउनेलगायत कार्यक्रम बनाएको छ ।

महानिर्देशक शर्माका अनुसार यी सबै कार्यक्रमका बजेट जिल्ला(जिल्लाका कृषि विकास कार्यालयहरुमा पठाइसकिएको छ ।यसमा बाढीले सुकाएका डिप ट्युबेल पुनःस्थापित गर्नेलगायत कार्यक्रम पनि छन् । कतिपय कृषककका लागि सोझै खातामा जानेगरी कार्यक्रम बनाइएको छ ।

यस्तै, विभागले ७५ वटै जिल्लामा सहुलियत दरमा उन्नत जातका धान, मकै र गहुँका बीउ दिनेगरी अर्को कार्यक्रम पनि बनाएको छ । जिल्ला कृषि विकास कार्यालयले कार्यान्वयन गर्ने ती कार्यक्रमअन्तर्गत् ५० प्रतिशत अनुदानमा कृषकलाई बीउबिजन उपलब्ध गराइने महानिर्देशक शर्माको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित