FLASH NEWS
- Loading...
ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब ८ करोड
- गोल्डेन खबर
- ४ साल अघि
- १४० पटक पढिएको


कोरोना भाइरसका (कोभिड–१९) का कारण यतिबेला समग्र अर्थतन्त्रमा असर परेको छ । गत आर्थिक वर्षमा कोरोनाकै कारण धेरै बैंक तथा वित्तीय संस्थाको नाफा खुम्चिएको छ । धेरै बैंककाे नाफा खुम्चिदा ग्लोबल आइएमई बैंककाे नाफामा भने सुधार भएकाे छ।
ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब ८ करोड गरेको छ । बैंकले गत वर्ष २०७६\७७ मा ३ अर्ब ८ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ७६ करोड रुपैयाँ नाफा गरेको थियो ।
बैंकले २ खर्ब १२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । भने भने १ खर्ब ८९ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले ८ अर्ब १९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
८ अर्ब ४१ करोड रुपैयाँ जगेडा कोषमा रहेको बैंकको चुक्ता पुँजी १८ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस