FLASH NEWS
  • Loading...

राष्ट्रकविको निधनमा पूर्वराजा ज्ञानेन्द्रद्वारा दु:ख व्यक्त

  • गोल्डेन खबर
  • ३ साल अघि
  • ८६ पटक पढिएको
राष्ट्रकविको निधनमा पूर्वराजा ज्ञानेन्द्रद्वारा दु:ख व्यक्त

पूर्वराजा ज्ञानेन्द्र शाहले कविवर माधवप्रसाद घिमिरेको निधनमा दु:ख व्यक्त गरेका छन्।

बुधबार बिहान विज्ञप्ति जारी गरी पूर्वराजाले निरन्तर साधनारत्, उत्कृष्ट व्यक्तित्व घिमिरेको निधनले नेपाली वाङ्मय र साहित्य क्षेत्रमा अपूरणीय क्षति भएको जनाएका छन्।

‘देशभक्ति र प्रकृति प्रेममा आधारित उहाँका अनेकौं काव्य कृति सदा पठनीय र मननीय छन्,’ शाहले भनेका छन्।

शाहले घिमिरेको निधनले शोकमा रहेका परिवारलाई समवेदना व्यक्त गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित