FLASH NEWS
  • Loading...

कांग्रेस नेता डिल्ली बहादुर चौधरीद्वारा मुख्यमन्त्रीको दाबी

  • गोल्डेन खबर
  • ११ महिना अघि
  • २०४ पटक पढिएको
कांग्रेस नेता डिल्ली बहादुर चौधरीद्वारा मुख्यमन्त्रीको दाबी

काठमाडौं बिहिबार, बैशाख १४ — लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आजसम्मको समय सीमा दिएर मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान गरेका छन् । नेकपा (एमाले) बाट मुख्यमन्त्री नियुक्त भएका लिला गिरीले दोस्रो पटक प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ ९२० बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखले तोकेको समय सीमाभित्रै नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले मुख्यमन्त्रीको दाबी पेश गर्ने भएका छन् । चौधरीले माओवादी केन्द्रसहित छ दलको समर्थनमा सरकार गठनका लागि दाबी पेश गर्न लागेको लुम्बिनी कांग्रेस सचेतक निमा गिरी बताउँछिन् ।

‘मुख्यमन्त्रीको दाबी गर्ने आज अन्तिम दिन हो । प्रदेश प्रमुखले दुई दिनको समय दिएर दाबी पेश गर्न आह्वान गर्नुभएको थियो । नेपाली कांग्रेसको तर्फबाट डिल्ली बहादुर चौधरी मुख्यमन्त्री बन्नुहुन्छ । माओवादी केन्द्रसँग यो बारेमा सहमति बनिसकेको छ,’ सचेतक गिरीले भनिन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित