FLASH NEWS
  • Loading...

आज नेपाल राष्ट्र बैंकले ६८औँ वार्षिकोत्सव मनाउँदै

वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने र मुलुकले परिलक्षित गरेको आर्थिक विकासको लक्ष्य प्राप्तिमा सहयोग पुर्‍याउन समर्पित रहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्
  • गोल्डेन खबर
  • १ साल अघि
  • ३१४ पटक पढिएको
आज नेपाल राष्ट्र बैंकले ६८औँ वार्षिकोत्सव मनाउँदै

काठमाडौं बिहिबार, बैशाख १४ – आज नेपाल राष्ट्र बैंकले ६८औँ वार्षिकोत्सव मनाउँदै छ ।

२०१३ मा स्थापना भएको राष्ट्र बैंकले ६८औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै गभर्नर महाप्रसाद अधिकारीले मुलुकको समष्टिगत आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकास एवं सुरक्षित, सक्षम भुक्तानी प्रणालीको सवलीकरणका लागि आवश्यक मौद्रिक नीति निर्माण गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने र मुलुकले परिलक्षित गरेको आर्थिक विकासको लक्ष्य प्राप्तिमा सहयोग पुर्‍याउन समर्पित रहने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित