FLASH NEWS
  • Loading...

नेपालबाट अमेरिका, युरोप, बेलायत, जर्मनी, क्यानडा, जापान, चीन जाने सामान यीनै हुन्

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८६ पटक पढिएको
Post Thumbnail
34
उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान कार्यान्वयन मुलुकको साझा सङ्कल्प रहेको बताएका छन् । उपराष्ट्रपति पुनले नेपाल हस्तकला महासङ्घको आयोजनामा काठमाण्डुको भृकुटीमण्डपमा आज आयोजित १४औँ हस्तकला मेला र १२औँ हस्तकला प्रतियोगिताको शुभारम्भ गर्दै सो कुरा बताएका हुन् । उनले स्थानीय, प्रादेशिक र सङ्घीय निर्वाचन सम्पन्न गर्न एकता, सहमति र सहकार्यको आवश्यकता हुनुपर्ने धारणा व्यक्त गरे ।

मङ्सिर १४ गतेसम्म आयोजना हुने उक्त महोत्सवमा १७६ बिक्री कक्ष राखिएका छन् । मेलामा पस्मिना, ऊनी, फेल्ट, धातु, चाँदी, काठ, ढुङ्गा, माटो, छाला, नेपाली कागज, हाड, ढाका कपडा, बाँस, बेत, निगालो, खोस्टा, पराललगायत वस्तुबाट तयार गरिएका विभिन्न सामग्री बिक्रीका लागि प्रदर्शनीमा राखिएका छन् ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित