FLASH NEWS
  • Loading...

स्वास्थ्य मन्त्रीले भेटे डा. केसी : मन्त्रिपरिषदमा कुरा राख्ने आश्वासन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १४० पटक पढिएको
Post Thumbnail
मंसिर १४, २०७३ काठमाडौं :स्वास्थ्य मन्त्री गगन थापाले मंगलबार अनशनरत डा. गोविन्द केसीसँग भेट गरेका छन्। चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत १७ दिनदेखि अनशनरत डा. केसीलाई स्वास्थ्य मन्त्री थापाले त्रिवि शिक्षण अस्पतालमा रहेको अनशनस्थलमा भेट गरेका डा. केसीका सहयोगी किशोर केसीले बताए। ‘स्वास्थ्य मन्त्री गगन थापा आउनुभएको थियो, उहाँले डा. केसीको मागबारे प्रधानमन्त्रीसँग छलफल गर्ने बचन दिनुभएको छ’ उनले भने। डा. केसीका हरेकजसो अनशनका क्रममा भेट गर्दै आएका मन्त्री थापाले डा. केसीको बिग्रदो स्वास्थ्य अवस्था प्रति निकै गम्भीर रहेको भन्दै मंगलबार बेलुका बस्ने मन्त्रिपरिषद बैठकमा उनको मागबारे कुरा राख्ने उठाउने बताएका स्वास्थ्य मन्त्री थापाका प्रेस सल्लाहकार जीवन भण्डारीले बताए। भण्डारीका अनुसार मंगलबार नै मन्त्री थापाले गोविन्द केसीलाई भेटेपछि हालै नियुक्ति भएका आइओएमका डिन डा. केपी सिहंलाइ भेटेर डा. केसीको अनसन र उहाँको मागबारे छलफल समेत छलफल गरेका थिए। चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमा वरिष्ठताको आधारमा डिन नियुक्ति हुनुपर्ने, त्रिवि उपकुलपति तीर्थ खनियाँको बर्खास्ती हुनुपर्ने लगायतका माग राखी डा. केसी १७ दिनदेखि अनशनरत छन्। दुई दिन यता सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच भएको वार्तामा त्रिवि उपकुलपति खनियाँको बर्खास्ती र आइओएमका डिन केपी सिहंको बर्खास्तीको विषयमा सहमति जुट्न सकिरहेको छैन। पटक पटकको लामो अनशनले डा. केसीको स्वास्थ्य अवस्था निकै नाजुक हुदै गएको र जुनसुकै बेलामा पनि आइसियुमा लैजानुपर्ने अवस्था आउने डा. केसीका सहयोगी डा. जीवन क्षेत्रीले बताए। उनले भने ‘पटक फटकको लामो अनशनले गर्दा सरको स्वास्थ्य अवस्था नाजुक हुदै गएको छ। उहाँलाई अहिले मुटुको चाल अनियमित हुने, ढाड दुख्ने ,रिंगटा लाग्ने जस्ता समस्या देखिएको छ’ क्षेत्रीले भने
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित