FLASH NEWS
  • Loading...

बाँकेका २७ हजारलाई हैजाविरुद्वको खोप लगाइने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९७ पटक पढिएको
Post Thumbnail
मंसिर १४, २०७३ बाँके : बाँकेका २७ हजार मानिसलाई हैजा विरुद्धको खोप दिइने भएको छ। तीन वर्ष अघि बाँकेका विभिन्न गाविस र नगरपालिकामा फैलिएको हैजालाई आधार मानेर यसवर्ष हैजा विरुद्धको खोप दिन लागिएको हो। जिल्ला जनस्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक खिम बहादुर खड्काका अनुसार बाँकेको उढरापुर, सोनपुर र नेपालगन्ज उपमहानगरपालिका-५ का २७ हजारलाई हैजाविरुद्धको खोप दिइने भएको हो। एक वर्षभन्दा कम उमेर समूहका बालबालिका, गर्भवती र सिकिस्त विरामी बाहेकका सबैलाई हैजाविरुद्धको खोप दिइने खड्काले बताए। दुइ चरणमा गरी दिइने खोपको पहिलो चरण मंगलबारदेखि सुरु हुँदैछ। १८ गतेसम्म चल्ने खोप अभियानमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम्सेविकाहरु घर-घरमा जाँदैछन्। खोप संचालनका लागि रोटरी क्लव कोरियाले औषधि उपलब्ध गराएको छ भने रोटरी क्लव काठमाडौँले प्राविधिक सहयोग गर्ने भएको छ। दोस्रो चरणको कार्यक्रम पुस २ गतेदेखि ६ गतेसम्म संचालन हुनेछ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित