FLASH NEWS
  • Loading...

यी हुन् दिनहुँ प्रयोग गर्ने ८ चिज जो ट्वाइलेट भन्दा फोहोर हुन्छन्

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०७ पटक पढिएको
Post Thumbnail

दैनिक जिवनमा हामीले यस्ता धेरै चिजहरुको प्रयोग गर्दछौँ जसको फाइदा तथा बेफाइदको बारमो हामी आफैलाई जानकारी हुँदैन ।

तर के तपाइँलाई थाहा छ, दुनियामा यस्ता धेरै चिजहरु छन् जसको उपयोग हामीले निकै गर्छौँ तर ती चिजहरु वास्तवमा ट्वाइलेट भनदा पनि फोहोर हुन्छन् । पत्यार नलाग्न सक्छ । तर वास्तवमा यी चिजहरु ट्वाइलेट भन्दा पनि फोहोर हुन्छन् ।

मोबाइल फोनः  मोबाइल फोन ट्वाइलेट भनदा १० गुणा धेरै फोहोर हुन्छ । यसमा यति धेरै हानिकारक ब्याक्टेरियाहरु पाइन्छन् जो हाम्रो सरीरका लागि हानिकारक हुन्छन् ।

ए टि एम बटनः  हामीले पैसा निकाल्न थिच्ने एटिएम मेसिनको किबोर्डको बटनमा पनि वास्तवमा ट्वाइलेटमा भन्दा धेरै हानिकारक जिवाणु तथा फोहोर वस्तुहरु रहेका हुन्छन् ।

रिमोट कन्ट्रोलः  तपाइँले टेलिभिजनको च्यानल बदल्न प्रयोग गर्ने रिमोट कन्ट्रोल ट्वाइलेट भनदा पनि फोहोर हुन्छ भन्ने पत्याउन गाह्रो हुन्छ । तर सत्य चाहीँ त्यहीँ नै हो ।

कि बोर्डः तपाइँको कम्प्युटर तथा ल्यापटपको कि बोर्डमा ट्वाइलेटमा भन्दा कैयौँ गुणा धेरै ब्याक्टेरियाहरु पाइन्छन् ।

मेनु कार्डः  होटेलमा जाँदा वेटरले तपाइँको अगाडि तेर्साउने चिल्लो मेनु कार्ड ट्वाइलेट भन्दा पनि फोहोर हुन्छ भन्ने कुरा पत्याउन गाह्रै पर्छ ।

आइस अर्थात बरफः  व्यवसायिक प्रयोजनका लागि उत्पादिन बरफमा पनि  धेरै हानिकारक फोहोर वस्तुहरु टाँसिएका हुन्छन् ।

किचेन स्पन्जः  तपाइँले आफ्नो किचेन पुछ्नका लागि प्रयोग गर्ने किचेन स्पन्ज यति धेरै फोहोर हुन्छ ।

ग्यासको बर्नरः  ग्यासको बर्नरमा समेत धेरै फोहोर जम्मा भएको हुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित