FLASH NEWS
  • Loading...

टिचिङका आवसीय चिकित्सकले आकस्मिक सेवाबाहेक अन्य सेवा ठप्प

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १२७ पटक पढिएको
Post Thumbnail
12
मंसिर १५, २०७३ काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकले बुधबारदेखि आकस्मिक बाहेकका सबै सेवा बहिस्कार गरेका छन्। रेजिडेन्ट डक्टर्स एशोसिएसनको बैठकले आकस्मिक बाहेकका सेवा बहिस्कार गर्ने निर्णय गरेको हो। बुधबारदेखि झण्डै ३ सय आवासीय चिकित्सकले आकस्मिक बाहेकका कुनै सेवा दिने छैनन्। अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि यस्तो निर्णय लिइएको भन्दै आवासीय चिकित्सकले अभियानमा साथ दिन सबैसँग अपिल गरेका छन्। रेजिडेन्ट डक्टर्स एशोसिएसनका सहसचिव डाक्टर प्रविन प्रसादले अनसनरत डाक्टर केसीको ज्यान नै जोखिममा परेको अवस्थामा पनि सरकारले गम्भीरता नदेखाएकाले दबाब स्वरुप सेवा बहिष्कार गर्ने निर्णय गरिएको बताए। आन्दोलनका कार्यक्रमलाई कसरी अगाडी बढाउने भन्ने विषयमा बैठक बसेर निर्णय लिइने उनको भनाइ छ। डा. गोविन्द केसीका माग पूरा गराउन दबाब दिने उद्देश्यले आवासीय चिकित्सकहरुले चरणबद्ध आन्दोलन गर्दै आएका छन्। यसअघि उनीहरुले बहिरङ सेवामा काम रोकेका थिए। यसैबीच, अनसनरत डा. केसीको समर्थक र सरकारी वार्ता टोलीबीच बुधबार पनि वार्ता हुदैँछ। शिक्षा मन्त्रालयमा बिहान १० बजेपछि हुने वार्तामा केसीले अघि सारेका मागका विषयमा छलफल केन्द्रित हुने स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेतीले जानकारी दिए। डाक्टर केसीको अनसन बुधबार १८ औँ दिनमा पुगेको छ। उनको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। तर उनले राखेका मागका विषयमा सरकारी वार्ता टोलीसंग पटक-पटक भएका वार्ता निष्कर्ष बिहीन भएपछि स्थिति अझै गम्भीर बन्न सक्ने देखिएको केसीका समर्थक चिकित्सकले बताएका छन्।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित