FLASH NEWS
  • Loading...

नायिका रेखा थापा बनिन् भिलेन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९३ पटक पढिएको
Post Thumbnail
14
काठमाडौं : रेखा थापाले खेलेको फिल्म भनेपछि हामीलाई लाग्छ उनको बोल्ड एण्ड ब्युटी देख्न पाइन्छ। छोटा लुगामा नायिकाको भूमिकामा स्विट लाग्छिन् उनी। तर, फिल्म ‘डायरी’ मा नेपाली दर्शकले रेखा थापालाई फरक भूमिमामा देख्न पाउने भएका छन्। किनकी रेखा थापा ‘डायरी’ मा भिलेनको भूमिकामा देखिने छिन्। अघिपछि गाडीका लावालस्कर लगाएर कारमा सयर गरेकी रेखा चुल्ठे मुन्द्रेले घेरिएको भिलेनको रुपमा प्रस्तुत भएकी छन् फिल्म ‘डायरी’मा। चुरोटको धुँवा उडाउँदै रेखा आफ्ना गुण्डाहरुलाई भिड्न निर्देशन दिइरहेकी देखिएकी छन्, फिल्म ‘डायरी’ को ट्रेलरमा। रेखाले भिलेनको रोल खेलेको फिल्म ‘डायरी’ नायिका छुल्ठिम गुरुङले निर्माण गरेकी हुन्। प्रेम र बदलाको कथामा आधारित फिल्ममा एक्सन र सस्पेन्स रहेको बताइएको छ। सन्नी सिंहले पहिलोपटक नायकको भूमिका निर्वाह गरेको फिल्ममा रेखा र छुल्ठिमका अलवा दिनेश डिसी, राजु लामा, कुशल विष्ट, पिटर तामाङ, रुपा राना, विनोद पौडेलको अभिनय रहेको छ। द्वन्द्व निर्देशन राजकुमार उप्रेतीले गरेका छन्। अनिल योञ्जनले निर्देशन गरेको ‘डायरी’को कथा छेतन गुरुङले लेखेका हुन्। सुगम पोखरेल, रजिना रिमाल, स्वप्निल शर्मा, मनाश राज र रेश्मा पुनले फिल्मका गीतमा स्वर दिएका छन् भने स्वप्निल शर्मा, इमान विक्रम शाह र मनाश राजको संगीत रहेको छ। फिल्म शिवराम श्रेष्ठले छायांकन गरेका हुन्।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित