FLASH NEWS
  • Loading...

बैकुण्ठको तीन गीतको भिडियो एकसाथ रिलिज

  • गोल्डेन खबर
  • ९ महिना अघि
  • २१६ पटक पढिएको
बैकुण्ठको तीन गीतको भिडियो एकसाथ रिलिज

काठमाडौं- चलचित्र निर्माता एवम् गीतकार बैकुण्ठ प्रसाद उपाध्यायले आफ्नो तीन वटा गीतको भिडियो काठमाडौंमा एकसाथ प्रिमियर गरेका छन् । यी गीतहरुको बरिष्ट गीतकार राजेन्द्र थापा, चलचित्र निर्माता÷ निर्देशक तथा हाँस्यकलाकार सन्तोष पन्त र चलचित्र निर्देशक प्रकाश सायमीले सँयुक्त बिमोचन गरेका हुन् ।

हेर्ने भन्दा पनि बैकुण्ठका गीतहरु सुन्नेगीत बनेको राजेन्द्र थापाले बताए । राजेशले गीतको शब्द र भावलाई न्याय गर्दै निकै आकर्षक भिडियो बनाएको प्रतिक्रिया पनि थापाले दिए । यस्तै प्रकाश सायमीले नेपाली संगीतमा ढिलै भए पनि आफ्ना गीतबाट बैकुण्ठ प्रसाद उपाध्यायको उपस्थिति प्रसँसनीय भएको बताए ।

अभिनेता यसराज गराज, अभिनेत्री केकी अधिकारी, मिस पबी (पवित्रा खड्का), सन्दीप बाबु लोहनी, सत्या गिरीको मुख्य भूमिका रहेको ३ वटै म्युजिक भिडीयोको निर्माण गीतकार बैकुण्ठ प्रसाद उपाध्यायले गरेका हुन ।

प्रिमियरमा रिलिज गरिएको तीन वटै भिडियोको निर्देशन राजेश थापाले गरेका हुन् । अस्कर कलेज (कलेज अफ फिल्म स्टडिज) वाट चलचित्र निर्देशनमा ग्राजुएशन गरेका राजेश थापाले यस अघि झण्डै ५ दर्जन म्युजिक भिडीयो तथा केही बृत्तचित्रहरु निर्माण गरिसकेका छन् ।

बैकुण्ठ प्रसाद उपाध्यययले रचन गरेको, नारायण लामामो संगीतको स्वरुपराज आचार्य र अन्जु पन्तले अगल अलग भर्सनमा गाएको छाति किन पोल्छी‘, र प्रताप दासले गाएको कुमार थापाको संगीत र बैकुण्ठकै रचनाको मैले दिएको चोखो माया‘सहित तीन वटा भिडियो रिलिज गरिएको हो । ३ वटै गीतहरुको एरेन्ज कुमार थापा, रेकर्ड चन्दु गोर्खाली र मिक्सिङ तथा मास्टरीङ मीन विष्टले गरेका छन् ।

स्वरुपराजको छाती किन पोल्छ‘ भिडियोमा यसराज गराज र केकी अधिकारीले अभिनय गरेका छन् भने अन्जु पन्तको स्वरमा मिस पबी (पवित्रा साकी) र सन्दिप बाबु लोहनीले अभिनय गरेका छन् ।
यस्तै मैले दिएको चोखो माया‘मा यसराज गराज र सत्या गिरीसँगै सन्तोष पन्त, निर्माता बैकुण्ठ उपाध्याय, सफल सार्थक टुहुरे खड्गी, राजन अधिकारी, अनिसा थापाको पनि अभिनय छ ।

टोखा नगरपालिकाका विभिन्न रमणीय पर्यटकीय र धार्मिक स्थलहरुमा छायाँङ्कन गरिएको यस म्युजिक भिडीयोको छायाँङ्कन नरेश अयर र सम्पादन तारा थापा किम्भेको रहेको छ । स्वरुपराज आचार्यको आवाज तथा यसराज र केकी अभिनित म्युजिक भिडीयो छाती किन पोल्छ‘ हाईलाईट्स नेपालको यु ट्यूब च्यानलवाट सार्वजनिक गरिएको छ । अरु दुई भिडियो चाँडै युट्युव च्यनलमा आउने गीतकार उपाध्यायले बताएका छन् ।

गीतकार उपाध्यायले यस अघि सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने कान्छा आरोही तेम्वाछिरी शेर्पाको जीवनीमा आधारीत बृत्तचित्र “द योङ्गेस्ट हिरो अफ द हिमालय ९२०५८०” र कथानक चलचित्र “हिजो आजका कुरा ९२०७८०” मा सह–निर्माताको रुपमा काम गरिसकेका छन् । विगत लामो समयदेखि सांस्कृतिक अभियन्ताका रुपमा काम गरिरहेका उपाध्यायको यो तेश्रो प्रस्तुती हो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित