FLASH NEWS
  • Loading...

लुम्बिनीमा सुरु भयो विश्वकै ठूलो थान्का प्रर्दशनी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १२६ पटक पढिएको
Post Thumbnail
15
बुटवल : विश्वको सबैभन्दा ठूलो थान्का प्रदर्शनी रुपन्देहीको लुम्बिनीमा शुक्रबार सुरु भएको छ। नेपाल बौद्ध महासंघ रुपन्देहीले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको संग्रहालय नजिकै शुरु गरेको थान्का प्रदर्शनी दुई दिनसम्म चल्नेछ। विश्वमा मैत्री, करुणा र शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यले निर्माण गरिएको थान्कामा तथागत बुद्धको जन्मदेखि समबोधीलाभ धर्मचक्र प्रवर्तन तथा महापरिनिर्वाणसम्मका घटनाको चित्रण गरिएको छ। नेपाल जापान कुटनैतिक सम्बन्धको ६० वर्ष पूरा भएको अवसर पारेर संसारलाई बुद्धभूमिबाट मैत्री, करुणा र शान्तिको सन्देश प्रवाह गर्न तथा प्रदर्शनीको माध्यमबाट आन्तरिक र बाहय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको महासंघले जनाएको छ। नेपाल बौद्ध धर्म संरक्षण समितिका अध्यक्ष सूर्यबहादुर थकाली तथा एनपीओएम २१ नेटवर्क जापानका अध्यक्ष यासुतादा कातागिरीको संयुक्त तत्वावधानमा नेपाल र जापानको अगुवाईमा विश्वका १६ मुलकका १० हजार स्वयं सेवकहरुले ८ वर्ष लगाएर थान्का तयार पारेका हुन्। थान्का निर्माणका लागि बिभिन्न देशका संघसंस्थाहरुले निशुल्क रुपमा भौतिक सामग्रीहरु सहयोग गरेको प्रदर्शनी संयोजक इन्द्रबहादुर गुरुङले जानकारी दिए। काठमाडौ र पोखरामा प्रदर्शन भइसकेको थान्का जापान, अमेरिका, भारत, मंगोलियामा पनि प्रदर्शन गरिएको थियो। लुम्बिनीमा शुरु भएको प्रदर्शनीको शुक्रबार एक कार्यक्रमका बीच टाक्य लामाले उद्घाटन गरे। उनले शान्तिको प्रतिक मानिएको थान्का प्रदर्शनीले लुम्बिनीको गरिमालाई अझै उचाइमा पुर्‍याउने बताए। कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बुद्धसँग सम्बन्धित यस्ता प्रदर्शनीहरु बिभिन्न देशमा आयोजना हुनुले विश्वमा भाइचाराको सन्देश फैलिने बताए।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित