FLASH NEWS
  • Loading...

दुई वर्ष अगाडि नै ओम पुरीले गरेका थिए, आफ्नो मृत्युबारे भविष्य वाणी !

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८८ पटक पढिएको
Post Thumbnail

अभिनेता ओम पुरी अब हामीबीच रहेनन् । उनको शुक्रबार निधन भएको छ। बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ओम पुरीले दुई वर्ष अगाडि आफ्नो मृत्युका विषयमा भविष्य वाणी गरेका थिए।  एक अनलाइनलाई दिएको अन्तर्वातामा ओम पुरीले आफूलाई मृत्युदेखि डर नलाग्ने तर, विरामी हुने हुँ की भन्ने चिन्ताले भने सताउने गरेको बताएका थिए। यतिबेला ओम पुरीमा प्रसंशक र बलिउड फिल्म उद्योग ओम पुरीको शोकमा डुबेको छ।

सो अन्तर्वाताका क्रममा  ओम पुरीलाई पाको उमेर र विरामीका विषयमा प्रश्न सोधिएको थियो।  सो प्रश्नको जवाफ ओम पुरीले यसरी दिएका थिए, ‘मलाई मृत्युदेखि डर लाग्दैन ।

तर मलाई बिमारीको डरले भने सताउने गर्छ। हामी देख्छौं मानिसहरु लाचार हुन्छन्। विरामीका कारण उनीहरु पूरै अरुमाथि निर्भर हुन्छन्। त्यस्तो अवस्थादेखि मलाई पनि डर लाग्छ । तर मृत्युदेखि डर लाग्दैन। मृत्यु त कतिबेला आउँछ थाहै हुँदैन। मानिस सुतेको सुत्यै जान पनि सक्छ। आज म तपाइँसँग कुरा गर्दैछु, भोलि तपाइँलाई थाहा हुन्छ की ओम पुरीको निधन भयो।’ यति भनेर उनी निकै जोडसँग हाँसेका थिए।

भारतीय  संचामाध्यमका अनुसार ओम पुरी विगत केही समयदेखि अस्वस्थ थिए। तर उनी काम पनि गर्दै थिए।  तर बिहीबार   सुतेका  ओम पुरी सुतेको सुत्यै भए। ओम पुरीले भनेका थिए, ‘सुतेको सुत्यै जान पनि सकिन्छ।’ आखिर त्यस्तै भयो, ओम पुरी सुतेको सुत्यै गए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित