FLASH NEWS
  • Loading...

हालको शिक्षा व्यवहारिक छैन;

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७८ पटक पढिएको
Post Thumbnail


सोचेको एक हुन्छ, तर बनिन्छ अर्को भने झै शोभिता परियारले वन विज्ञान पढेर आफ्नो उच्च शिक्षाको सुरुवात गरिन् । तर पछि गएर उनले वातावरण विभागमा स्नाकोत्तर गरिन् र अहिले आºनो परिचय स्थानीय शासन विज्ञको रुपमा आफुलाई स्थापित गरेकी छन् । मकवानपुरको एउटा गाउँमा जन्मेर, हेटौंडामा स्कुले शिक्षा पुरा गरेकी शोभिता हाल पुरा नेपाललाई आफ्नो अधिकारको बारेमा जनचेतना र तालिम दिदै हिडेकी छन् ।
स्थानिय स्तरमा काम गर्दा गर्दै विज्ञता हासिल गरेपछि हाल उनी स्थानीय शासन विज्ञको रुपमा चिनिएकी हुन् । समाजलाई विकाश गर्ने हो भने समाजले आºनो अधिकारको बारेमा जानकारी हुनुपर्छ भन्ने सोच राख्ने उनले नेपालको झण्डै सबै जिल्लामा गएर स्थानीय शुसासन सम्बन्धि तालिम र जनचेतना दिईसकेकी छिन् । जसको कारण शहरमा भन्दा गाउँ गाउँमा जनताहरु आफ्नो अधिकारको बारेमा धेरै नै सजग भएको उनले पाएकी छन् । समाजलाई अगाडी बढाउने हो भने हरेक नागरिकले आफ्नो अधिकारको बारेमा जानकारी राख्ने र राज्यको नीति नियमको स्थानिय स्तरमा लागु गर्न सके समाज परिवर्तन हुने विश्वास राख्ने शोभिताले जनताले प्रत्यक्ष रुपमा सरकार सँग सम्योन्वन गरेर अगाडी बढ्नुपर्ने कुरालाई प्राथमिकतामा राखेकी छन् । जनताको सरकार सम्म पहुँच हुनुपर्छ र सरकारको हरेक काम पारदर्शि हुनुपर्छ भनेर लागी परेकी शोभिता आफुलाई यसैमा सर्मपित गरी एउटा विज्ञको रुपमा आºनो परिचय बनाउन लागी परेकी छन्
स्कुलको शिक्षालाई जीवनको एउटा महत्वपूर्ण भागको रुपमा बुझने उनले यदी मान्छेलाई सक्षम बनाउने हो भने, स्कुलको शिक्षा नै मुख्य हुने उनको धारणा छ । कुनै पनि बालबालिकाको सुरुवाती जीवन स्कुलबाट शुरु हुने र उनीहरुले यही बेलामा राम्रो र नराम्रो कुरो सिक्ने हुनाले पनि यो समय महत्वपूर्ण हुने उनको ठम्याई छ । यही समयमा बालबालिकालाई राम्रो शिक्षा दिन सकेमा एउटा सक्षम नागरिक निस्कनेमा उनलाई विश्वास पनि छ । यही समयमा बालबालिकालाई एउटा सकारात्मक व्यवहार दिन सकेमा, त्यही अनुरुप उनीहरुले आºनो सोचको विकाश गर्ने हुनाले विशेष गरी बालबालिकाको लागी यो समय निकै सम्वेदनशिल हुने उनले भोगेको भागाई पनि हो ।
तर हालको आधारभूत शिक्षा पछिको लागी प्रभावकारी नभएको उनले पाएकी छन् । स्कुलमा एक किसिमको सिद्घान्त पढाउने, देशको नीति नियम एक किसिमको हुने र कार्यान्वयन पक्ष झन अर्को किसिमको भएको कारण पनि हालको शिक्षा व्यवहारिक नभएको उनले पाएकी हुन् । पढेको एउटा हुने र जागीर खादाँ त्यो कुरा कुनै पनि लागु हुन नसकेको कारण हालको शिक्षालाई व्यवहारिक शिक्षा भन्न नसकिएको उनको निक्यौल छ । शिक्षालाई व्यवहारमा उतार्ने हो भने शिक्षा नितीमै यो कुरा उल्लेख गर्नुपर्ने धारणा राख्दै आफुले वातावरण सम्बन्धि पढे पनि खासै त्यस सम्बन्धि काम हुन नसकेको कारण पनि उनले आफ्नो पहिचान अर्कैमा बनाउन परेको थियो ।
एउटा दलित समाजबाट आए पनि उनले कहि पनि आफुले जातको आधारमा नराम्रो महसुस नगरेको बताउने शोभिताले भारतको अन्र्तराष्ट्रिय स्तरको अवार्ड ‘डा. अम्बेसडर सेवा श्री, ‘ पुरस्कारबाट सम्मानित हुने अवसर पाएकी थिईन् । पिछडिएको वर्गलाई नै माथी उठाउनु पर्छ पहिले भनेर लागी परेकी शोभितालाई उनको यही सोचाई र काम गरे वापत सो अवार्ड प्राप्त गरेकि थिईन् ।

 

विद्यार्थी जीवन


म विद्यार्थी जीवनमा निकै नै एक्टीभ थिए । सरहरुले निकै माया गर्नुहुन्थ्यो । म हेटौंडाको सिद्घार्थ माविबाट एसएलसी दिएको हुँ । म बोलीमा राम्रो थिए, त्यसैले उहाँहरुले मलाई न्ययाधिस बन्नुपर्छ भन्नु हुन्थ्यो । म घरकी जेठी छोरी थिए, मैले दुई बहिनी र भाईलाई हेर्नु पथ्र्याे । म ३,४ कक्षामा हुँदा नै विहान ३ बजे उठेर घर पोत्ने, चुल्होमा भूस भर्ने र खाना बनाएर स्कुल जानुपथ्र्यो । काम धेरै भएकोले पनि होला मेरो पढाई ठिकै भयो, राम्रो भएन् । बच्चा थिए खेल्ने रहर थियो । एक दिन भात त पकाए, तर तरकारी नपकाई खेल्न गए । पछि राती आमाहरु घरमा आउँदा त भात मात्र पाकेको छ । भाई, बहिनी भोकै सुतिसकेका थिए । आमाले बेस्सरी कुटेको अझै याद आउँछ । भाई बहिनीलाई पढ्न सिकाउने देखि अनुशासनमा राख्ने काम सबै मेरै थियो । अझ फुपुको छोराछोरीकोलाई पनि पढाउँथे म । बच्चाहरुलाई म निकै अनुशाासनमा राख्थे । मैले धेरै अनुशासनमा राख्ने भएकाले उनीहरुले मलाई पुलिस भन्थ्ये ।
घर निकै सफा राख्नुपथ्र्यो मलाई, मैले कोठा सफा पारेपछि म कोठामा कसैलाई पनि चल्न दिन्थ्ये । भूईमा राखेर पढाउथे, ओछ्यान फोहोर पार्छ भनेर । म सानै देखि मेहेनती थिए । त्यही मेहेनत गर्ने बानीले गर्दा आज यहाँसम्म आईपुगेको हो ।
स्कुल हाम्रो राम्रो नै थियो । प्रिन्सीपल सारै कडा हुनुहुन्थ्यो । होमवर्क गरेन र पढाएको पाठ नसम्झेला भनेर, उहाँले पढीन्स भने तेरो ‘हग्नी हाड“ फुस्काउँछु भनेर तर्साउनु हुन्थ्यो । जसले गर्दा त्यो स्कुलको त्यो जमानामा पनि पढाई राम्रो थियो ।
हामी स्कुलमा सरस्वती पुजा निकै रमाइलो सँग मनाउँथ्यौ । अघिल्लो दिन नै हामी तयारी गथ्यौं । पुरी पकाउने, बुनीया र तरकारी पकाएर हामी रमाइलो सँग सरस्वती पुजा मनाउथ्यौं । सरस्वती पुजाको बेला संस्कृति पढाउने सरले मलाई नै चोखो पानी लेर आइज भन्नुहुन्थ्यो र सधै पानी बोक्ने म नै हुन्थे ।
हाम्रो पालामा ३, ४ जना शिक्षक नै राम्रो हुनुहुन्थ्यो, जसको कारण स्कुलमा पढाई राम्रो थियो । एसएलसीमा सबै पास भएका थिए । स्कुलमा नै मेहेनत गर्नुपर्छ भनेर सिकाइयो मलाई । त्यस्तै सकारात्मक कुराको लागी पनि निकै प्रोत्साहन गरिन्थ्यो स्कुलमा । सामाजिक क्रियाकलापमा निकै भाग लिन्थे । स्कुलको कार्यक्रममा अगाडी झण्डा बोक्ने काम देखि हरेक काममा म अगाडी नै थिए । वक्तित्वकला, पिकनिक, नाँच जस्ता हरेक कार्यक्रममा म सक्रिय सहभागीता जनाउँथे । म नाच्न पनि राम्रै नाच्थे । एक पल्ट क्षेत्रिय स्तरको कार्यक्रममा छनौट भएर राष्ट्रिय स्तरको नाच सम्म मैले गरे । राष्ट्रिय स्तरको नाचको लागी काठमाडौं आएको थिए । त्यो बेला हामी तेस्रो भएका थियौं । तर त्यो हाम्रो लागी उपलब्धी थियो ।
सात कक्षा पढ्दै गर्दा एउटा साथीको विहे भयो । म १० कक्षामा हुँदा मलाई पनि माग्न आयो । म विहे गर्दिन भनेर पुरा रात रोए । बेलुकी देखि रोएको विहान सम्म रोएको थिए । तर पछि बुबाले ल विहे गर्दिन्न, जती सम्म पढ्न खोज्छौ, म पढाउँछु भनेपछि मात्र म रुन छोडेको थिए ।
स्कुलमा सरहरुले निकै कडा अनुशासनमा राख्नुहुन्थ्यो । पानी प¥यो भने, स्कुलमा नै थुनेर राख्नुहुन्थ्यो । तर म मौका पायो की त्यो स्कुलको छतबाट बलेसीमा झरेको पानीमा रुझी हाल्थ्ये । एक दिन यसरी नै बलेसीको पानीमा दौडेर रुझ्दै थिए । यसरी लडे कि के भन्ने, नराम्रो सँग दुख्यो, कसैलाई भनु भने झन गाली खाने डर, त्यसैले कसैलाई नभनी आफै सहेर बसे ।
त्यस्तै स्कुल पढ्दा अहिलेको जस्तो शौचालय हुँदैन्थ्यो । बारीको पाखामा पिसाव गर्नुपथ्यो । हामी डाडाँमा बसेर पिसाव गर्नुपथ्यो र कसले टाढा सम्म पिसाव पु¥याउने भनेर कम्पटिसन गथ्र्यौ । त्यो सम्झदा अहिले रमाइलो लाग्छ ।
मैले स्कुलमा नराम्रो कुरा खासै सिकिन, राम्रै कुरो नै बढी सिके । म ३ कक्षामा थिए । त्यो समयमा एक साइडमा केटा, एक साइडमा केटी राख्ने चलन थियो तर हामी निकै चल्यो भनेर सरहरुले सिटमा एक केटा, एक केटी राख्नुभयो । एउटा केटा साथीको भर्खर व्रतबन्ध गरिएको थियो र टोपी लगाएर आउँथ्यो । म त्यसकै सिटमा बस्थे । एक दिन म उता जानु प¥यो, बाटो छोड भनेको मानेन, मेरो पालो त्यसको टापीलाई कहाँ पर पुग्ने गरी ºयाकिदिए । कक्षाका सबै हाँसे, म पनि दङ्ग परे । ठुलै काम गरे जस्तो लाग्यो । तर पछि मिसले त्यो कुरा थाहा पाए पछि मलाई पुरा एक पिरियड कक्षामा कुखुरा बनाएको याद छ ।
त्यस्तै त्यो बेला खाजा खाने चलन त्यती थिएन । घरमा गएर नै खाजा खाने गरिन्थ्यो । तर कहिले काँही कसै कसैले खाजा ल्याउँथे । म त्यस्तै ६,७ कक्षामा थिए । साथीले खाजा ल्याएको थाहा पाएपछि बेन्च मुनी छिर्ने र उनीहरुको खाजा चोरेर खाने गरेका थियौं । स्कुल जीवनमा नराम्रो काम भनेको यती मात्र गरेको हो ।
आज म जहाँ सम्म आइपुगे यसको मुख्य श्रोय स्कुललाई नै जान्छ जस्तो लाग्छ । यदी स्कुलमा राम्रो वातावरण नपाएको भए, आज मलाई गा≈ो हुन सक्थ्यो । स्कुल जिवनमा नै मैले सकारात्मक सोचको विकाश गरेको थिए र आज समाजमा स्थापित हुन यसले सघाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित