FLASH NEWS
  • Loading...

‘ब्वाइफ्रेण्ड’ आउँदै

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८० पटक पढिएको
Post Thumbnail


काठमाडौ÷ सिनेमा जगतमा नेपाली कथानक चलचित्र ‘ब्वाइफ्रण्ड’ आउँदैछ । मदन घिमिरेको निर्देशनमा कृष्ण खनालले आउन लागेको ‘ब्वाईफ्रेण्ड’को सुटिङ सकिएको छ । चलचित्रले अहिले समाजलाई प्रतिम्बित गर्ने निर्देशक घिमिरेले बताएका छन् । उक्त चलचित्रमा पुराना नायक सरोज खनालले बुबाको भूमिकामा अभिनय गरेका छन् । सूर्य बुढाथोकीको प्रस्तुति, कृष्ण चापागाईको कथावस्तु र मौनता श्रेष्ठको लेखन रहेको व्वाईफ्रेण्डमा पुष्कर रेग्मी नायक र महिमा सिलवाल नायिकाको भूमिकामा छन् । कलाकारहरु सोनाम थापा, श्याम मिश्र, शुक्रबहादुर बम्जन, कृष्ण खनाल, देवी भण्डारी, पवन खनाल मञ्जु श्रेष्ठ, प्रबीण बिष्ट र नागेन्द्र रिजालले अभिनय गर्दैछन् । चलचित्रमा छायांकन कृष्ण श्रेष्ठ, संगीत टंकबुढाथोकीले गर्नेछन् । शंकर मर्हजनको द्धन्द्ध र पुनम राईको नृत्य रहेको छ ।

दीपज्योति प्रदर्शनको तयारीमा

काठमाडौं÷ प्रेम कथामा आधारित नेपाली कथानक चलचित्र ‘दीपज्योति’ प्रर्दशनको अन्तिम तयारीमा पुगेको छ । चलचित्र निर्माण निरञ्जन ठाकुरले दीपज्योति फागुनदेखि प्रर्दशन गरिने बताएका छन् । उक्त चलचित्रमा पुराना चर्चित कलाकार नीर शाहले, सरोज खनाल र लय संग्रौलाले पनि अभिनय गरेका छन् । दीपज्योति पुस्कर रेग्मी नायक तथा रजनी के.सी र खुश्बू खड्का नायिकाको भूमिकामा छन् । कमल मैनालीको निर्देशनमा बनेको उक्त चलचित्रमा शेखर के.सीसहित अन्य विभिन्न कलाकारको अभिनय छ । चलचित्रमा सुजताको उपाध्यायको गीत समावेश गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित