FLASH NEWS
  • Loading...

यमबुद्धले आत्महत्या नै गरेको पुष्टि

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७३ पटक पढिएको
Post Thumbnail


यमबुद्ध अर्थात अनिल अधिकारी हामीमाझ छैनन् । उनको आत्महत्याको समाचारले सबैलाई स्तब्ध बनायो । सबैजनाले यमबुद्ध जस्ता व्यक्तिले आत्महत्या गर्नै सक्दैनन् भनिरहेका बेला उनको मृत्युको कारण जान्न सबैजना उत्सुक पनि छन् । यसैबिच गत सोमबार यमबुद्धको पोष्ट मार्टम भयो जसको रिपोर्ट बाहिरिएको छ ।
यमबुद्ध अर्थात अनिल अधिकारीको पोष्टमार्टम रिपोर्टमा चिकित्सकले मौखिक रुपमा उनले आत्महत्या नै गरेको पुष्टि गरेको छ । रिपोर्ट अनुसार आत्महत्या हुनुभन्दा अघि उनले मदिरा सेवन गरेको देखाएको छ । उनको पोष्र्टमर्टम रिपोर्टमा उनले लागुऔषधको सेवन नगरेको पुष्टि भएको छ ।मृत्यु हुने रात उनले श्रीमतीसँग बसेर ‘वाइन’ पिएका थिए । साथै, रिपोर्टमा उनको बंगारा भाँच्चिएको पाइएको छ । आत्महत्या गर्दा यस्तो हुनु सामान्य भएको डाक्टरले जानकारी दिएका छन् ।
शनिबार बिहान उनी लण्डनस्थित आफ्नै घरको बाथरुममा बेल्टमा झुण्डिएको अवस्थामा भेटिएका थिए । रोयल मेल अर्थात् हुलाक सेवा कम्पनीको काम सकिएपछि उनी खाना खाएर श्रीमतीसँग वाइन पिएर सुत्दा १२ बजिसकेको थियो । यमबुद्धले आफ्नो पासपोर्ट स-सानो टुक्रा गरी च्यातेको समेत भेटिएको छ । उनको यसो गर्नुका पछाडि के कारण हुनसक्छ भन्ने विषयमा केही खुल्न आएको छैन । हाल उनको शव नर्थविक पार्क अस्पतामा छ । उनका परिवारले शव नेपाल ल्याउन खोजिरहेका छन् । तर उनको शव नेपाल ल्याइने वा नल्याइने भन्ने विषयमा आधिकारीक पुष्टि हुन भने बाँकी नै छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित