FLASH NEWS
  • Loading...

गायक प्रकाश ओझालाई १० वर्षको जेल सजाए

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ११३ पटक पढिएको
Post Thumbnail


काठमाडौं–सर्वोच्च अदालतले सेक्स स्क्यान्डल र मानव वेचबिखन तथा ओसार पसार मुद्धामा पुनरावेदन अदालतको फैसला उल्टाउदै गायक प्रकाश ओझालाई १० वर्षको जेल सजाएको लागी शुक्रबार काठमाडौंको शंखमुलबाट पक्रेको छ ।
२०७३ माघ ४ गतेको फैसलाले सुनसरी इटहरी नगरपालिका वडा नं. ४ घर भएका ओझालाई ५र५ बर्ष गरी अदालतले कुल १० बर्ष कैद सजायँ सुनाएको थियो । सजाय वेरुजु रही फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरे पश्चात कैद भुक्तानकोलागि केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाएको हो ।
गायक ओझाले २०५९ सालदेखि लगातार दुई बर्षसम्म तीनजना नाबालिककासँग अनैतिक सम्वन्ध राखेर खिचीएका अश्लिल भिडियो सार्वजनिक गर्ने धम्की दिएर पटक–पटक यौन शोषण गर्दै आएको अदालतले ठहर गरेको थियो ।
साथै पिडितहरुलाई थाहै नदिईं यौन शोषण र अप्राकृतिक मैथुन गरेको फोटो खिचेर वेवसाइटमा समेत राखेर बेच विखन गरेको ठहर गर्दै सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरेको फैसला उल्टाएको थियो ।
तर अदालतको फैसलापछि पनि उनी लुकीछिपी गीत रेकर्डिङ गर्दै आएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित