FLASH NEWS
  • Loading...

ग्लोबल नेपाली फिल्म अवार्ड प्रदान

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८३ पटक पढिएको
Post Thumbnail

काठमाडौं—नेपाल फिल्म सोसाइटी अमेरिकाले नेपाली कलाकारितामा महत्वपूर्ण योगदान पुयाएका कलाकार तथा पत्रकारलाई ग्लोबल नेपाली फिल्म अवार्ड–२०१६ प्रदान गरेको छ ।
गत महिना अमेरिकाको कोलोराडो सहरमा आयोजना भएको कार्यक्रममा अवार्ड पाउन बाँकी रहेका नेपाली कलाकार तथा पत्रकारलाई अवार्ड प्रदान गरिएको हो । सो अवसरमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपालको कलाकारिता क्षेत्रलाई विश्वव्यापीरुपमा फैलाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले नेपाली साहित्य, कला, संस्कृति विधालाई राज्यले जुनरुपमा प्राथमिकता दिनुपर्ने हो त्यो दिन नसकेको गुनासो गरे । मन्त्री महतले महत्वपूर्ण सन्देश आम जनमानसमा पु¥याउन फिल्म क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताउँदै यसलाई राज्यको सहजकर्ताको रुपमा लिनुपर्ने धारणा व्यक्त गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित