FLASH NEWS
  • Loading...

यादवको ‘व्ल्याक आउट’ सार्वजनिक

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९९ पटक पढिएको
Post Thumbnail


काठमाडौं—लेखक तथा पत्रकार रामरिझन यादवको पुस्तक ‘ब्ल्याकआउट’को सार्वजनीक भएको छ ।
नेपालको संविधान घोषणा भएपछि तराई–मधेस क्षेत्रमा चलेको आन्दोलनको क्रममा मारिएका नागरिकप्रति समर्पित गरी लेखिएको पुस्तकको (माओवादी) जनयुद्ध, जनआन्दोलन दोस्रो र मधेस आन्दोलनका सहिद परिवारले संयुक्तरूपमा सार्वजनिक गरेका थिए ।
सो अवसरमा नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालका सबै आदिवासी, जनजाती, मधेसी समुदायलाई अधिकार सम्पन्न बनाएर मात्रै समृद्ध मुलुक बन्नसक्ने बताउँदै नेपालको राष्ट्रियता ‘इन्द्रधनुष’ खालकै भएकाले सबैलाई अधिकार सम्पन्न बनाउनुपर्ने तथा संविधानलाई सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिए ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सबै नेपालीलाई अधिकार दिन नचाहने र सबै नेपाली समान नागरिक हुन् भन्ने मानसिकताको विकास नभएसम्म मुलुक अगाडि बढ्ननसक्ने उल्लेख गर्दै संविधान संशोधनले मात्रै मुलुकको राजनीतिक समस्या समाधान हुननसक्ने भएकाले संविधानको पुनःलेखन गर्नुपर्ने बताए ।
तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले जालझेल आश्वासनका भरमा मात्रै मधेसी मोर्चा नअल्मिलिने भन्दै शीघ्र समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।
‘लाल मधेस’ मासिकले प्रकाशन गरेको सो पुस्तकमा तराई–मधेस आन्दोलनका क्रममा मारिएका नागरिकका बारेमा सविस्तार लेखिएको लेखक यादवले बताए । कार्यक्रममा सहिद परिवारलाई सम्मान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित