FLASH NEWS
  • Loading...

‘सूचना प्रविधिले मुलुकलाई समृद्ध बनाउँछ’

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७५ पटक पढिएको
Post Thumbnail

काठमाडौं—परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले सूचना प्रविधिको विकासले मुलुकलाई समृद्ध बनाउन सहयोग पु¥याउने भएकोले यसको विकाश अति आवश्यक रहेको बताएका छन् ।काठमाडौंको भृकुटीमण्डपमा जारी २३ औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१७ इन एसोसिएसन विथ सामसुङ’ को अवलोकनको अवसरमा उनले भने, ‘मानिसको जीवनमा सही समयमा सही सूचनाले ठूलो महत्व राख्छ ।’
सो अवसरमा जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशीले पछिल्लो समयमा विकास भएका प्रविधिलाई अवलम्बन गरी जनजीवन सहज बनाउन सकिने विचार व्यक्त गरे ।
नेपाली कांग्रेसका नेता एवं सांसद उदयशमशेर राणाले यस किसिमको इन्फोटेकलाई काठमाडौं उपत्यका बाहिर पनि प्रदर्शन गर्नुपर्ने सुझाव दिए ।
यही माघ १३ गतेदेखि सुरु भएको सो प्रदर्शनीमा सोमबारसम्म दुई लाख ५४ हजार ३ सय ८५ जनाले अवलोकन गरिसकेको आयोजकले जनाएका छन् । प्रदर्शनीमा कतिपय कम्पनीले विभिन्न वस्तुमा छुट तथा आकर्षक उपहारसमेत घोषणा गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित