FLASH NEWS
  • Loading...

ब्याईफ्रेण्डका आवारा बम्जन

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०५ पटक पढिएको
Post Thumbnail


कलाको माध्यमबाट आफ्नो छुट्टै पहिचान बनाउन संघर्षरत व्यक्तित्व हुन सुकबहादुर बम्जन । विद्यालयमा अध्ययनरत रहँदा देखि नै तुलसी घिमिरे, महेन्द्र बुढाथोकीका टेलि श्रृङखलाबाट प्रभावित भै सडक नाटक, टेलिचलचित्र, रंगमञ्चीय कार्यक्रमहरुमा अभिनय गर्न सुरु गरेका सुकबहादुर मदन घिमिरे निर्देशित चलचित्र ‘ब्वाइफ्रेण्ड’ बाट ठूलो पर्दामा डेब्यू गर्दैछन् । कला भनेपछि हुरुक्कै हुने सुकबहादुर साथीभाइ तथार् इष्टमित्रहरुको हौसला, स्नेह बटुल्दै कलाको आकाश चुम्न लालायित छन् । उनि अभिनयको उच्च प्रतिभा तथा आकर्ष व्यक्तित्वका धनि सुकबहादुर कलाक्षेत्रमा दक्ष प्रतिभावान्हरुले उचित अवसर नपाएकोमा निक्कै दुखित छन् । उनि भन्छन् ‘यहाँ प्रवेश गर्न चाकडी, चाप्लुसी जस्ता गुण अनि नातावाद कृपावादको आवश्यकता पर्दो रहेछ त्यो म संग भएन त्यसैले मौका पाउन नसकेको हुँ ।’
कलायात्राको चुनौतिपूर्ण यात्रा लाई “ब्वाईफ्रण्डले केही हदसम्म सहयोग गरेको बताउने सुकबहादुर कलात्मक संसारमा संघर्षरत नै रहेको बताउँछन् । विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा आफ्नो अभिनय कला प्रदर्शन गरिसकेका सुकबहादुर अभिनयमा निखार ल्याउन प्रशिक्षण केन्दहरुमा प्रशिक्षण लिई रहेको वताउँछन् । सुकवहादुर विद्युतीय पर्दाहरुमा भन्दा रङ्गमञ्चमा अभिनय गर्दा आत्म सन्तुष्टि पाइने मिल्ने बताउँछन् । कलाले मात्र जीवन धान्न नसकिने भएपछि हाल उनी जीवनयापनका लागि चस्मा पसल सञ्चालन गरिरहेको बताउँछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित