FLASH NEWS
  • Loading...

समाजलाई आपत्ति नहुने अङ्ग प्रदर्शन गर्नुपर्छ

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९२ पटक पढिएको
Post Thumbnail

कलाको माध्यमवाट जीवनवृत्तिको शिखर तर्फउन्मुख नव नायिका हुन् कुसुम स्याङतान ।
थोरै अवोधपन, धेरै उत्साह र उमङ्ग अनि रंगीन सपनाहरु संगालेर स्वप्निल संसारमा जीवनरेखा कोर्न उद्यत कुसुम यथार्थ सपना र भोगाईहरुलाइ एकै ठाउँमा समाहित गरी जीवन जिउन मन पराउँछिन् ।
मादक नयन, लोभलाग्दो अधर र स्वच्छन्द मुस्कानले उनको जीवनमा थप सुगन्ध सञ्चार गरेको भान हुन्छ । फरासिलो स्वभावको कुसुम २१औं बसन्तसंग लुकामारी खेल्दै गरेकी भएपनि परिपक्कता र सक्षमताले उनलाइ निक्कै अगाडी पुर्‍याइदिएको छ ।
नेपाली रजतपटको कलात्मक संसारमा आफ्नो छुट्टै पहिचान बनाउन उन्मुख कुसुम आफ्नो पेशाप्रति इमान्दार छिन् । बाल्यावस्था देखि नै कलाकर्मवाट प्रभावित भइ विभिन्न टेलि सिरियल, चलचित्र, फेशन शो, मिस टिनलगायत विभिन्न रङ्गमञ्चिय कार्यक्रमहरुमा अभिनय, नृत्य प्रस्तुत गरिसकेकी कुसुम विद्युतिय पर्दाहरुमा अभिनय गर्ने मोहले पछ्याएपछि राजधानी प्रवेश गरेकी हुन् । राजधानी प्रवेश संगै विभिन्न बिधाहरुको प्रशिक्षण हासिल गरेकी कुसुम आफ्नो अभिनयमा प्रखरता ल्याउन विभिन्न कला प्रशिक्षण केन्द्रहरुवाट प्रशिक्षण हासिल गर्न समेत पछि परिनन् ।
जीवन थापाको टेलिश्रृङ्खला “ढुक्क” वाट अभिनय यात्रा आरम्भ गरेकी कुसुम विभिन्न म्युजिक भिडियो, रङ्गमञ्चिय कार्यक्रमहरु, बिज्ञापन चित्र/चलचित्रहरुमा आफ्नो दक्षता प्रदर्शन गरी दर्शकहरुको मन जितिसकेकी छिन । छोटो समयमा नै चलचित्रकमीहरुको मन जित्न सफल कुसुम नायिकामा हुनुपर्ने गुणहरु भएकैले चलचित्रहरुमा थुप्रै अफरहरु आइरहेको बताउँछिन ।
अभिनयमा निखार ल्याउनमा जीवन थापाको देनलाई कहिल्यै बिर्सन नसक्ने बताउँछिन् कुसुम । संघर्षलाई नै जीवन ठान्ने कुसुम कलाकर्ममा पनि विभिन्न आरोह अवरोह पार गरि यो अवस्थासम्म आईपुगेको वताउँदै संघर्षको यात्रा नटुङ्गएिको र जारी रहने बताउँछिन् । छिट्टै चर्चित हुन कलाकारहरुवाट चाकडी, चाप्लुसी र अर्थ लगानी गर्नेको संख्यामा बृद्घ िभइरहेकोमा आफू त्यसको बिरोधी रहेको बताउने कुसुम आफ्नो प्रतिभाले दर्शकको मन जित्नुपर्ने बताउँछिन् । ग्लामरक्षेत्रमा अगंप्रदर्शनबारे कुसुम भन्छिन्, ‘ग्लामर प्रत्येक चिजमा हुन्छ । त्यसलाई कसरी लिने र प्रयोग गर्ने हो त्यसमा भर पर्छ । हो कला ग्लामरस कर्म हो, तथापि म अनावश्यक अगंप्रदर्दनको पक्षमा छैन । सामान्यरुपले पनि अभिनयमा अङ्ग पर््रदर्शन गर्न सकिन्छ । घर परिवार र समाजलाई आपत्ति नहुने अगंप्रदर्दन गर्नुपर्छ उत्तेजनात्मक होइन ।”
कलाकारिता पेशामात्र नभई शिक्षा, चेतना लगायत चेतनामूलक बिषयहरु सम्पे्रषण गर्ने एक सशक्त माध्यमका रुपमा लिने कुसुम यसक्षेत्रमा दत्तचित्तले लागीपरेमा सफलता आफूसंगै रहने बताउँछिन् । कुनैपनि कलाकारको नकारात्मक चर्चा वा समाचार आउनुमा स्वयम उनीहरुकै दोष हुने धारण राख्छिन् कुसुम । आफू भलो त जगत भलो भन्ने विचार राख्ने कुसुम आफू सही तरिका र सही ठाउँमा रहेमा गलत समाचार संप्रेषण नहुने बताउँछिन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित