FLASH NEWS
  • Loading...

एप्पलका फोनमा समेत फोर जी चल्ने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७७ पटक पढिएको
Post Thumbnail

काठमाडौं–एप्पलका मोबाइल फोन सेटमा फोर जी चल्ने व्यवस्था गरिदिन टेलिकमले गरेको आग्रहअनुसार आगामी मार्चदेखि सहजरुपमा फोर जी सञ्चालनमा ल्याइने भएको छ ।
टेलिकमका अनुसार एप्पलका सबै सिरिजका मोबाइल सेटमा फोर जी चल्नेछ । टेलिकमले गत पुस १७ गतेदेखि नेपालमा पहिलोपटक फोर जी एलटिइ सेवा सञ्चालनमा ल्याएको थियो । काठमाडौं र पोखरामा सञ्चालनमा ल्याएको सो सेवा यही माघ २२ गतेदेखि प्रिपेड मोबाइलमा समेत सञ्चालनमा आएको छ ।
एप्पलका मोबाइल फोनमा फोर जी चलाउन एप्पलको वेबसाइटमा गएर सामान्य सेटिङ गर्नुपर्नेसमेत टेलिकमले जनाएको छ । अन्य स्मार्टफोनमा फोर जी चलेपनि एप्पलको फोनमा नचल्दा समस्या रहँदै आएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित