FLASH NEWS
  • Loading...

साँस्कृतिक संघमा पुनः थापाकै नेतृत्व

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८८ पटक पढिएको
Post Thumbnail


काठमाडौं/नेपाल साँस्कृतिक संघको सभापतिमा तीर्थबहादुर थापा पुनः चयन भएका छन् । संघको दोस्रो महाधिवेशनमा सर्वसम्मतिबाट थापा  सभापति बनेका हुन् । महाधिवेशनको चौथोदिन मंगलवार रातीसम्मको वृहत छलफलपछि संघको नेतृत्व पुनः थापाले समाल्ने सहमति भएको हो ।
महाधिवेशनले संघको बरिष्ठ उपाध्यक्षमा जर्नादन आचार्यलाई चयन गरेको छ । महामन्त्रीमा शिवशंकर रिजाल, दुर्गा रायमाझी र रोशनी के.सीलाई छनौट गरेको छ । केन्दीय समितिको बाँकी पदाधिकारी केही दिनपछि सहमतिको आधारमा तय गरिने संघले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित