FLASH NEWS
  • Loading...

स्वास्थ्य उपकरणका लागी मन्त्रालयले छुट्टायो ९६ करोड

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७९ पटक पढिएको
Post Thumbnail


काठमाडौं—स्वास्थ्य मन्त्रालयले आगामी चार महिनाभित्र देशभरका सम्पूर्ण प्राथमिक स्वास्थ्य केन्द्रका लागी आवश्यक उपकरण किन्न बजेट छुट्टाएको छ ।
सबै प्राथमिक स्वास्थ्य केन्द्रमा उपकरण, औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गर्ने प्रतिबद्धताअनुरुप आगामी चार महिनाभित्र सबै स्वास्थ्य संस्थामा उपकरण उपलब्ध गराउन ९६ करोड उपकरण खरिदका लागि छुट्याइएको स्वास्थ्यमन्त्री गगनकुमार थापाले जनाएका छन् । उनले सबै २०१ प्राथमिक स्वास्थ्य केन्द्रको भवन, चिकित्सक, औषधि र उपकरणको अवस्था अध्ययन गर्न र निर्देशन दिएका छन् र सोही अध्ययनका आधारमा सबै स्वास्थ्य केन्द्रमा विभिन्न उपकरण आवश्यक देखिएपछि मन्त्रालयले उपकरण खरिद गरी प्रदान गर्ने भएको हो ।
त्यस्तै ‘आजको शिक्षा’ साप्ताहिकको दशौँ वर्ष प्रवेशका अवसरमा विहिबार राजधानीमा आयोजित सम्मान कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले शिक्षा र स्वास्थ्यका आधारभूत आवश्यकता पूरा भएमा मात्र मुलुक समृद्धितर्फ उन्मुख हुने जानकारी गराएका छन् । उनले सार्वजनिक शिक्षाको सुधारका लागि ठूला सामुदायिक विद्यालयको अवधारणामा जानुपर्ने र शिक्षा तथा स्वास्थ्य क्षेत्रका उद्यमीलाई प्रोत्साहन गर्न सकेमा नेपालीहरू परनिर्भर भइरहनुनपर्ने पनि बताए ।
.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित