FLASH NEWS
  • Loading...

नायिका श्वेताले एकिकृत बस्तीको लागि सहयोग गर्ने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९४ पटक पढिएको
Post Thumbnail


चौतारा–सिन्धुपाल्चोकको ठूलो सिरुवारी गाविस– ९ झोलुंगे माझी बस्तीमा नायिका श्वेता खड्काले एकिकृत नमुना बस्ती बनाउन आवश्यक सहयोग गर्ने भएकी छन् ।
भूकम्पपछि लामो समयदेखि टहरामा बस्दैआएका सीमान्तकृत माझी समुदायका ६३ परिवारका लागि एकिकृत नमुना बस्ती बनाउन लागिएको हो । स्वर्गीय पति ‘अभिनेता श्रीकृष्ण श्रेष्ठ’को जिल्ला भएको नाताले अभिप्रेरित भई आफूले पनि केही सहयोग गर्ने अठोट गरेको अभिनेत्री खड्काले बताईन् ।
भूकम्पपीडित ६३ परिवारका लागि निकासा भएको पहिलो किस्ता समितिकै नाममा खाता खोली एकमुस्ट बैंकमा जम्मा गरिएको छ ।
सोही अनुदानबाट आवास निर्माण गरिने र त्यहाँ पुग्न सडक, खानेपानी, पार्कलगायतको भौतिक संरचनाका लागि अभिनेत्री खड्काले आर्थिक सहयोग दिने भएकी छन् ।
त्यहाँस्थित भिरालो ठाउँमा डोजरद्वारा चाँडैनै सम्याउने काम सुरु गरिने छ । एकिकृत बस्तीका लागि सट्टापट्टा गरेर भए पनि एकै ठाउँमा जग्गाको व्यवस्था मिलाइने बस्नेतले जानकारी दिए । एकिकृत बस्ती बसाउन २८ रोपनी जमिन आवश्यक पर्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित