FLASH NEWS
  • Loading...

लोकतान्त्रलाई दलल स्वार्थ अनुरुप लगेको पूर्व राष्ट्रपतिको आरोप

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६५ पटक पढिएको
Post Thumbnail

काठमाडौं—पूर्व राष्ट्रपति रामवरण यादवले लोकतान्त्रिक प्रणालीलाई राजनीतिक दलहरुले आफ्नो स्वर्थ अनुरुप हिडाउँन खोजेकोले यो सस्थागत हुन नसकेको गुनासो गरेका छन् ।
आइतबार ‘टोटल’ राष्ट्रिय मासिक पत्रिकाको सार्वजनिक गर्दै उनले देश परिवर्तन गर्न सबै दल एक ठाउँमा उभिए पनि त्यही परिवर्तनबाट प्राप्त उपलब्धिलाई भने संस्थागत गर्न दलहरु असमर्थ रहेको बताए ।
उनले २०१७ सालदेखि अहिलेसम्म तीनवटा परिवर्तन सबै दल र नेपाली समुदाय एक ठाउँमा उभिएर सम्भव भएको भन्दै ‘तर राजनीतिक खिचातानीका कारण अहिलेसम्म प्राप्त उपलब्धि संस्थागत हुन नसकेको बताए । उनले भने, ‘देश अस्थिरतामा रहेको छ ।’
राजनीतिक दल सत्ता लुछाचुडीमै लागेकाले देशमा अस्थिरता छाएको उनको आरोप थियो । ‘कसैले आउँदो चुनाव हेरेका छन् । भोलि कसरी शासन गर्ने भन्ने चिन्तामा दलहरु देखिन्छन्, उनले भने, ‘देशको शासन प्रणालीलाई स्थिरता दिनतर्फ कुनै दलको ध्यान छैन ।’
उनले आफूले दुई÷चार महिना कुरेर भए पनि सबैलाई समेटेर संविधान जारी गरौं भन्दा दलहरुले नमानेको उल्लेख गर्दै सत्ताको खेलमा लागेर त्यतिबेला संविधान जारी गरेको आरोप लगाए ।
‘मैले यो संविधानसभा हो प्रतिनिधिसभा होइन । अलि बढी मधेसको समस्यामाथि छलफल गरेर संविधान २÷४ महिना ढिलो जारी गरे केही हुन्न भनेको थिए’ उनले भने, ‘तर दलहरुले सत्ताको खेलमा लागेर चाँडै जारी गरे । जसको परिमाण अहिले देखिँदैछ ।’ उनले मधेसको समस्या राष्ट्रिय समस्या भएको भन्दै अहिलेकै संविधानभित्र रहेर मधेसको समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गरे ।
लोकतन्त्रलाई संस्थागत गर्नका लागि पत्रकारको अहम भूमिका रहेको उल्लेख गर्दै उनले देशको प्रणालीलाई स्थिरता बनाउनका लागि पत्रकारले कलम चलाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले राजनीतिकभन्दा विचारमूलक पत्रकारितामा बलियो हुँदै गएको बताए ।
उनले नेपाली समाजलाई बदल्न चुनौती रहेको भन्दै समाज परिवर्तनमा पत्रकारिता मुख्य भूमिका हुने बताए ।
राष्ट्रिय समाचार समितीका अध्यक्ष कुलचन्द्र वाग्लेले पत्रिकाको सफलताको शुभकामना दिँदै राजनीतिकभन्दा सामाजिक कुरालाई पत्रिकाले समेट्नुपर्ने धारणा राखे ।
कार्यक्रममा सूचना विभागका महानिर्देशक वीरबहादुर राई, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसी, प्रेस युनियन नेपालका अध्यक्ष बद्री सिग्देल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शीतल महतो, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरीले पत्रिकाको सफलताको शुभकामना दिएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित