FLASH NEWS
  • Loading...

खाद्य संस्थानको चामल झन महँन्गो

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६६ पटक पढिएको
Post Thumbnail


सल्लेरी–नेपाल खाद्य संस्थान सोलुखुम्बु शाखा कार्यालयमा रहेको चामल माघ महिनामा एक किलो पनि बिक्री भएन । बजारमा भएको मूल्यभन्दा संस्थानले तोकेको मूल्य बढी भएपछि चामल बिक्री हुन नसकेको हो ।
खाद्य संस्थानको चामल ढुवानीको लागत मूल्यभन्दा बढी भएपछि त्यही अनुसार बिक्री मूल्य तय गरिएको हो । संस्थानमा मन्सुली चामलको मूल्य प्रतिकिलो ४७ रुपैयाँ ५० पैसा रहेको छ भने बजारमा यही चामल ४५ रुपैयाँ केजीमा बिक्री भइरहेको छ ।
यतिबेला सल्लेरी डिपोमा बिक्री नभएको सबै चामल लुक्ला डिपोमा पठाउने तयारी भइरहेको छ । सोताङ डिपोमा विगत दुईवर्ष देखिनै चामल बिक्री हुन छाडेपछि ढुवानीसमेत गर्न नसकिएको हो ।
खाद्यन्नको चामल गोदाममै थन्किएपछि बिक्री मूल्य संशोधनका जिल्ला प्रशासन कार्यालय र संस्थानको प्रधान कार्यलयमा पत्र पठाइसकिएको छ । सल्लेरी डिपोमा अहिले दुई सय ४२ क्वीन्टल चामल छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित